पाद्नुका फाइदा यस्ता छन् (एक पटक पढ्नुहोस)

संसारका सबै मानिसले पाद्छन् । तैपनि सार्वजनिक स्थलमा पाद्नु असभ्यताको प्रतीक मानिन्छ । यद्यपि पाद्नुका धेरै फाइदाहरु छन् ।
जान्नुहोस् यसका फाइदाः

. पाद पेटमा स्वस्थ्य ब्याक्टेरिया भएको प्रमाण हो ।

. पादकै कारण कुन खानाले पाद बन्दोरहेछ र कुन खानाले पाद बन्दोरहेनछ भन्ने थाहा पाइन्छ । यसले सन्तुलित भोजन छनोट गर्न सजिलो हुन्छ ।

. पाद्नुको आनन्द पादिसकेपछि नै थाहा हुन्छ । कसैले सुन्यो वा देख्यो कि भन्ने चिन्ता भएपछि पादेपछिको आनन्दका अगाडि यी सबै गौण लाग्छन् ।

. पाद्नु ठूलो आन्द्राका लागि राम्रो हो । पाद रोक्न् हुँदैन । पाद रोक्दा ठूलो आन्द्रालाई हानि पुग्छ ।

. पादेपछि शरीरभित्र जम्मा भएको विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्छ।

. पादको गन्ध, प्रकार र आवाजले चिकित्सकहरुले यो सामान्य हो वा ठूलै रोगको लक्षण भनेर थाहा पाउँछन् । धेरै पाद आउनुले गम्भीर शारीरिक रोग, यति सम्मकि कहिलेकाहिँ ठूलो आन्द्राको क्यान्सरलाई पनि संकेत गर्छ ।

. अनुसन्धानहरुका अनुसार पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाजनक हुन्छ । कोषको क्षय रोकेर कहिलेकाहिँ हृदयरोग जस्तो जटिल रोगबाट पनि पादले बचाउँछ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित