मानिसहरू बिनावस्त्र घुम्ने अनौठो संग्रहालय

फ्रान्सको ‘प्याले दे तोक्यो’नामक संग्रहालयले पहिलो पटक नग्न व्यक्तिहरुलाई अवलोकनको अनुमति दिएको छ। पेरिसस्थित एक संग्रहालयले कपडामुक्त कार्यक्रम आयोजना गरेको हो ।

आगन्तुकहरुले आफ्नो सम्पूर्ण कपडा खोलेपछी विभिन्न चित्रकला तथा मूर्तिहरुको अवलोकन गर्न हलमा प्रवेश गरेका थिए। गत वर्ष पेरिसकै एक पार्कमा ‘न्युड जोन’ स्थापना गरिएको थियो।

फ्रान्समा करिब २६ लाख नग्नता मनपराउने मानिसहरुको रहेको अनुमान छ। पेरिसमा यस्ता नग्नता मन पराउने व्यक्तिहरुका लागि स्वीमिङ पुल, कसरत स्थल र विभिन्न खेल खेल्ने स्थानहरु तय गरिएका छन्।

प्रतिक्रिया

सम्बन्धित