इटहरी स्थित पाथिभरा सेकेन्डरी स्कुलमा निःशुल्क स्वस्थ्य शिविर

इटहरी / इटहरी स्थित पाथिभारा सेकेन्डरी स्कुलमा नि:शुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । बिराटनगर आँख अस्पतालको सहकार्य तथा पाथिभारा स्कुलकाे आयोजनामा उक्त शिविर सञ्चालन भएको हाे । शिविर मा बिद्यार्थीको आँखा तथा कानको परिक्षण गरिएको बिद्यालय प्रिन्सिपल गोपाल श्रेष्ठले जानकारी दिए ।

शिविरमा बिद्यार्थीको आँखा र कानमा धेरै समस्या देखा पर्ने भएकाले शिविर सञ्चालन गरेको उनले बताए । शिविरमा पाँच सय बिद्यार्थीको स्वास्थ्य परीक्षण भएको बिद्यालयका सञ्चालक निर्मल रिजालले जानकारी दिएका छन् । विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आएको पाथिभरा सेकेन्डरी स्कुलले विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे विद्यालयका प्रिन्सीपल गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

 

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित