पूर्वप्राथमिक तहका शिक्षकले बुझाए ज्ञापनपत्र

भक्तपुर / पूर्वप्राथमिक विद्यालय तहमा काम गर्ने शिक्षकले प्राथमिक तहका शिक्षकसरहको तलब सुविधाको माग गर्दै आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र राहत शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।

प्रावि तहमा काम गर्ने शिक्षकको शैक्षिक योग्यता एसइइ पूरा भएको हुनुपर्ने, राहत शिक्षकलाई प्रत्येक वर्ष पुनःताजगी तालीम दिलाइनुपर्ने, विद्यार्थी सङ्ख्याअनुसार प्रत्येक १५ विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने माग ज्ञापनपत्रमा छ । तलब भत्ता, पोशाक भत्ता तथा महङ्गी भत्ताका साथै पेशागत सुनिश्चितताको व्यवस्था गरिनुपर्र्नेे र स्थानीय सरकार तथा प्रदेश सरकार समेतले शिक्षामा बजेट व्यवस्था गर्नुुपर्नेलगायत १२ बुँदे माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले राहत शिक्षकको समस्या सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको र नगरभित्रका सामुदायिक तथा आधारभूत विद्यालयका शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकालाई नयाँ सिकाइ प्रविधिको तालीम सञ्चालन गरी विद्यालयको नियमित अनुगमन गरिने बताउनुभयो ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित