यसरी थाहा पाउने योनीको क्यान्सर, यस्ता छन् क्यान्सर हुने कारण

काठमाडौ । क्यान्सर दीर्घ र नसर्ने रोग हो । यो रोगलाई निकै भयावह रोगको रुपमा लिइन्छ । क्यान्सर जुनसुकै उमेर समूह र लिंगका मानिसमा हुनसक्छ । विशेषतः महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर एक हो । योनी क्यान्सर के हो, कसरी लाग्छ र कसरी बच्ने भनी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सृष्टि श्रेष्ठ प्रजापतीले यस्तो सुझाब दिएकी छन् ।

कुनै समय क्यान्सरको उपचार असम्भव मानिन्थो । तर, वैज्ञानिक आविष्कारसँगै क्यान्सरको प्रकृति हेरी उपचार सम्भव भएको छ । महिलामा लाग्ने क्यान्सर मध्ये योनी क्यान्सर पनि एक हो । यौनाङ्गका कोषिकाहरू असामान्य रुपमा वृद्धि भई त्यसको नकारात्मक प्रभाब देखिनु नै योनीको क्यान्सर हो । योनीकोे क्यान्सर पाँच प्रतिशत महिलामा लाग्ने गरेको विभिन्न अध्ययन प्रतिवेदनको तथ्यांकमा उल्लेख छ । योनीको क्यान्सरबाट धेरै महिला पीडित छन् । योनीको क्यान्सर हुने कारण यस्ता छन् ।

ह्युमन प्यापुलमा भाइरसको संक्रमण ।
कुनै पनि छालामा लाग्ने रोगलाई बेवास्ता गर्दा योनीको क्यान्सरको रुपमा परिणत हुन सक्छ ।
धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु ।
योनी फोहोर राख्नु । महिनावारी भएको बेला फोहोर कपडा वा प्याडको प्रयोग गर्नु । (जसले गर्दा योनीमा संक्रमण हुन्छ र पछि यही संक्रमण क्यान्सरमा परिणत हुन्छ ।)यो क्यान्सर महिनावारी सुकेका माहिलामा बढी सम्भावना हुन्छ

लक्षण

योनीको बाहिरी भागको छालाको रंग सेतो सेतो देखिने गरि परिवर्तन हुनु
योनी वरीपरिको छाला चिलाउनु ।
योनी पोल्नु ।
सतो पानी बग्नु

बच्ने उपाय

सधैं योनी सफा राख्ने ।
धेरै व्यक्तिसँग यौन सम्पर्क नराख्ने ।
स्वस्थ खानपानमा ध्यान दिने ।
कम्तमा वर्षको एक पटक योनी परीक्षण गराउने ।
हाम्रो समाजमा यौनाङ्गमा लाग्ने रोगको बारेमा खुलेर अझै पनि कुरा गर्न संकोच मानिन्छ । जसले गर्दा योनीमा धेरै रोग लाग्ने सम्भावना बढी छ । यस्तो अवस्था आफैले बेला बेलामा योनीको राम्ररी अवलोकन गर्ने ।
कुनै संका लाग्न साथ गराउने परीक्षण ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित