स्तन शल्यक्रियापछि संसारकै सुन्दर अभिनेत्रीमा गनिन्छिन् एरियल

एरियल विन्टर विश्वकी सबैभन्दा राम्री अभिनेत्रीमा गनिन्छिन् । उनको सुन्दरताको चर्चा जताततै छ । अन्तर्राष्ट्रिय मिडियाहरूमा छाएकी छन् । उनले यो ख्याती अहिले कमाए पनि जीवनमा केही कठिन समय बिताएको पनि अनुभव सुनाएकी छन् । गज्जबको अनुभवचाहिँ उनको स्तनको शल्यक्रिया हो ।एरियलले सबैभन्दा बढी संघर्षचाहिँ स्तनको शल्यक्रियाका क्रममा नै भएको सुनाएकी छन् । उनले २०१५ मा शल्यक्रिया गराएकी थिइन् । एरियल शरिरको शल्यक्रिया खासगरी स्तनकै पनि गर्नका लागि त्यति खुसी थिइनन् । तर गर्नैपर्ने अवस्था आयो । २०१५ मा उनले शल्यक्रिया गराएकी थिइन् ।

एरियलको जीवनमा आमासँगको सम्बन्ध निक्कै दुखदायी रह्यो । १४ बर्षको उमेरमा उनले आमाको घर छाडिन् र ३६ बर्षिया दिदीसँग बस्न थालिन् । अदालतको रेकर्डअनुसार उनले आमाबाट शारिरीक, मानसिक र भावनात्मक हिंसा भोगेकी थिइन् । अन्ततः परिणामका रूपमा एरियल १७ बर्षको उमेरमा स्वतन्त्र भएपछि ट्वीट गरिन्,‘कानुनी रूपमा अब म स्वतन्त्र छु । म भाग्यमानी भएँ । मलाई सहयोग गर्ने कानुनप्रति र मेरा जीवनमा आएका प्रिय मानिसहरू जसले अभिभावकत्व दिँदै राम्रो मौका दिए ।’

प्रतिक्रिया

सम्बन्धित