संसारकै धनि विल गेट्सकाे घर सम्बन्धि राेचक जानकारी (फोटो फिचर )

संसारकै धनि विल गेट्सबारे केही जानकारीहरु अझै रहस्यमै छन् ।माइक्रोसफ्टका संस्थापक गेट्स एक स्कुल ड्रपआउट विद्यार्थी भएर पनि संसारकै धनी बन्न सके । जो आफैँमा एक रहस्यमय कुरा हो । तिनै ५९ वर्षीय धनाढ्य गेट्स बस्ने निवास कस्तो होला ? धेरैको चासोको विषय हो यो । वासिङ्टनमा रहेको उनको बङ्गलाको नाम हो सानाडु ।

उक्त बंगला करिब १ दशमलव ५ एकड (६६ हजार स्क्वायर फिट) मा फैलिएको छ ।२ हजार ३ सय स्क्वायर फिटको रिसेप्सन हल भएको सो बङ्गलामा २ हजार ५ सय स्क्वायर फिटको जिम हल छ । ७ बेडरुम, ६ किचन रहेको सो बङ्गलाको बाहिरी वाल समेत हाइटेक प्रविधिबाट निर्माण गरिएको छ ।

वालमा यस्तो प्रविधि जडान गरिएको छ कि, जहाँ छुँदा नै त्यहाँ फिट गरिएका आर्टवर्क परिवर्नत गर्न सकिन्छ । उनको बंगलामा सुरुदेखि नै त्यस्ता केही ‘थिम्स’ र ‘वालपेपर’ जडान गरिएको छ जहाँ गेट्स र उनका परिवारका अरु सदस्यले आ–आफ्नो चाहना अनुसार वालको रङ फेरिरहन्छन् । वालमा यस्तो प्रविधि जडान गर्न मात्रै गेट्सले करोडौं डलर खर्चेका थिए ।


Stitched Panorama

प्रतिक्रिया

सम्बन्धित