यसरी गरियो पिसजोनका कक्षा १० का विद्यार्थीहरूको विदाई (१७ तस्विरहरू)

इटहरी । सुनसरकिो इटहरी – ६ मा रहेको पिसजोन आवासीय माविले कक्षा १० एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई विदाई गरेको छ । स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई बिदाई गरेको हो । नयाँ व्यवस्थापनमा सञ्चालन भएको स्कुलमा १०५ जना विद्यार्थीहरुलाई मायाको चिनो सहित बिदाई गरिएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल केशवप्रसाद भट्टराई, शिक्षक शिक्षिकाहरू लगायतहरूले उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।

पिसजोन उच्चमावि पुर्वाञ्चलकै एक नम्बर कलेज बनाउने उद्धेश्यले यहि शैक्षिक सत्रदेखि कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि ए.सी. तथा प्रोजेक्टर सहितको डिजिटल प्रविधियुक्त कक्षा कोठा र भौतिक सामाग्रीहरुको उचित व्यवस्थापन गरेको बिद्यालयक भाईस प्रिन्सिपल बिनय दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित