मादीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

मादी / संखुवासभाको मादी नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मादी नगरपालिकाको सहयोग तथा नगरपालिका अन्तरगत विद्यालयहरूको अगुवाईमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । विद्यालय सेवा क्षेत्र भित्रका बस्तीहरुमा स्वास्थ्य, सरसफाई, पोषण, प्राथमिक उपचारका बारेमा अभिभावकहरुलाई सचेत गराइएको थियो ।

मादी माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागितामा विद्यालय क्षेत्र भित्रका ५ वटा टोलमा कार्यक्रम सञ्चालन गरिएको मादी सहकर्मी सुमन दाहालले बताए । जेठ पहिलो साताबाट सुरु गरिएको कार्यक्रम सम्पन्न गरिएको भएपनि सरसफाई कार्यक्रम भने निरन्तर चलिरहने मादी मा. वि.का निमित्त प्रधानाध्यापक भानुभक्त दाहालले बताए ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित