सुकुना क्याम्पस सञ्चालक परिषद्को बाहृाैं बैठक : क्याम्पस संचालक समितिमा नयाँ कार्य समिति चयन

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालक परिषद्को बाहृाैं बैठक सम्पन्न भएको छ । सुकुना बहुमुखी क्याम्पसकाे अायाेजनामा भएको कार्यक्रमकाे विधिवत रुपमा उद् घाटन समाजिक विकाश मन्त्रालय प्रदेश न १ का मन्त्री जीवन घिमिरेले गरेका थिए । उनले सुकुना बहुमुखी क्याम्पस साझा थलोको रुपमा विकास भएकाले यहाँ सबै स्थानका विद्यार्थीहरु अध्ययन गर्ने गरेको जानकारी गराउंदै विगत लामो समय देखी स्थापना भएको यस क्याम्पसले शिक्षा क्षेत्रमा अगाडी बढेर अझै राम्रो प्रगति गरी शिक्षाको उज्यालो पक्षलाई विकास गर्दै विद्यार्थीहरुलाई व्यावहारिक ज्ञानका साथसाथै रोजगारमूलक शिक्षा प्रदान गनुपर्ने जरुरी भएको बताए । उनले यस क्याम्पस अब समुदायकाे जिम्मेवारीमा मात्र नभएर प्रदेश सरकारकाे सहयाेग र भूमिकाका साथमा अघि बढ्ने जानकारी दिदै क्याम्पसले भविष्यमा थप प्रगति गरेर अघि बढ्न सकाेस भन्ने शुभकामना व्याक्त गरेका थिए ।

कार्यक्रममा प्रतिवेदनहरु माथिकाे छलफल र अनुमाेदन , अा. व.२०७५/७६ काे वार्षिक कार्यक्रम तथा वजेट अनुमाेदन साथै सञ्चालन समिति , लेखा र पुनरावेदन समितिकाे गठन गरिएको थियाे । कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले क्याम्पसको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक अनुमानित कूल आम्दानी–खर्च रु १५ करोड ६८ लाख ३९ हजार ७ सय ८४ रुपैयाँ ६८ पैसा बराबरको बजेट प्रस्तुत गरेका थिए ।

श्रेष्ठले उक्त वार्षिक बजेट प्रतिवेदनका क्रममा २७ औं वसन्त पार गरेकाे यस क्याम्पस टियू द्वारा सम्बन्धन प्राप्त विश्वविद्यालय अनुदान अायाेगद्वारा क्यूएए प्राप्त भएकाेले क्याम्पस यहाँ सम्म आइपुग्दा धेरै आरोह अवरोह पार गर्दै वर्तमान अवस्थासम्म अाउंन सफल भएको बताए। उनले उत्तरी मोरङको विकशित नगरमा स्थापित यस शैक्षिक संस्थाले आफूलाई १ न प्रदेशको ठूलाे र नमूना शिक्षण संस्थाको रुपमा विकास गर्दै गरेको जानकारी दिए ।

कार्यक्रममा लेखा समितिका सदस्य दुर्गाप्रसाद गाैतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालक परिषद्को बाहृाैं बैठककोे पहिलाे चरणकाे कार्यक्रममा १२ लाख ५ हजार बराबरको छात्रवृत्ति करिव २ सय विद्यार्थीहरूलाई अक्षयकोष दाता, सङ्घ संस्था, क्याम्पस कोष लगायत अन्य स्रोत तथा माध्यमबाट उपलब्ध भई वितरण गरिएको थियो । कार्यक्रममा सुकुना क्याम्पसका पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ , प्रदेश सभा सदस्य राजकुमार अाेझा लगायतले शुभकामना मन्तव्य व्यक्त व्यक्त गरेका थिए । सुकुना क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोपालबहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख चन्द्रमणि राईले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।

क्याम्पस संचालक समितिमा नयाँ कार्य समिति चयन

क्याम्पस सञ्चालन परिषद्काे बाहृाैं बैठककाे अवसरमा निर्विरोध रुपमा गरिएको निर्वाचन कार्यक्रममा सुकुना बहुमुखी क्याम्पस सञ्चालन समितिमा केशवप्रसाद अधिकारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

समितिकाे उपाध्यक्षमा गाेपालबहादुर थापा चयन भएका छन । तेसै कार्य समिति सदस्यहरुमा सुरेन्द्रबहादुर थापा,गणेशराज मास्के ,नागेश पाेखरेल, लक्ष्मीप्रसाद फुयाल ,ज्ञानेन्द्र अाेझा , नेत्रप्रसाद ढकाल ,पुन्यप्रसाद अाचार्य, नरेन्द्र वस्नेत , टीका चापागाईं भट्टराई ,विन्दा थापा,ललितबहादुर श्रेष्ठ तथा नारायण प्र चुडाललाई चयन गरिएको पब्लिक क्याम्पस संङ्घ सु. ब.क्या. एकाई समितिका सभापति बलराम पाेखरेलले जानकारी दिए ।

तेसै गरि कार्य समितिकाे लेखा समिति संयाेजक चुडामणि तिम्सिनाकाे संयाेजकत्वमा अमृत प्र ढकाल तथा याेगराज काफ्ले साथै पुनरावेदन समिति संयाेजक अमृतप्रसाद अाचार्यकाे संयाेजनमा मकरानन्द पराजुली , उमेश वस्ती, गाेविन्द फुयांल तथा देवी अाचार्य लाई चयन गरिएको क्याम्पस स्रोतले जनाएको छ । सुकुना क्याम्पस सञ्चालन समितिकाे निर्वाचन समितिकाे संयाेजकमा प्रेमप्रसाद भट्टराई , सदस्य खगेन्दप्रसाद लुईटेल तथा कल्याणप्रसाद सिटौला लगायतकाे भूमिका रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित