पिसजोन कक्षा १२ का विद्यार्थीलाई विदाई (तस्विरहरू सहित)

इटहरी / इटहरी – ६ मा रहेको पिसजोन आवासीय माविले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले बिहिबार इटहरीमा एक कार्यक्रमको आयोजना गरि व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बिदाई गरेको हो । नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजले तेस्रो ब्याचमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरिएकाे थियाे । कार्यक्रममा कलेजका प्रिन्सिपल केशवप्रसाद भट्टराई,  शिक्षक शिक्षिकाहरू लगायतहरूले शुभकामना दिएका थिए ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल केशवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।  विद्यार्थीले विदाई कार्यक्रमलाई थपस्तरिय तथा मनोरञ्जनात्मक बनाउनको लागि विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए ।

पिसजोन उच्चमावि पुर्वान्चलकै नं १ कलेज बनाउने उद्धेश्यले अब आउदो कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि ए.सी. तथा प्रोजेक्टर सहितको डिजिटल प्रविधियुक्त कक्षा कोठा र भौतिक सामाग्रीहरुको उचित व्यवस्थापन गरेको भाइस प्रिनिसपल बिनय दाहालले  बताए ।

प्रतिक्रिया

सम्बन्धित