मादी नगरपालिकामा स्वास्थ्य शिविर सम्पन्न

मादी / संखुवासभाको मादी नगरपालिकाका विभिन्न वडामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मादी नगरपालिकाको आयोजनामा विभिन्न वडामा सञ्चालित शिविर बिहिबार सम्पन्न भएको हो । वडा नं. ३ मुलखर्कमा २९ गते, वडा नं ८ मावादिनमा २८ गते र आज मादी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरेर समापन गरिएको मादी सहकर्मी सुमन दाहालले बताए ।
वडा नं. ३ मा २५ जना, वडा नं. ८ मा १ सय २० जना र स्वास्थ्य चौकीमा १ सय ४३ जाले सेवा लिएको मादी स्वास्थ्य चौकीका ईन्चार्ज विरेन्द्र कुमार यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित