न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टरमा डा.रोका न्यूक्त

बिराटनगर / न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बोर्ड अर्फ डाइरेक्टर अन्तर्गत मेडिकल डाइरक्टरमा डा. यम बहादुर रोका न्यूक्त हुनुभएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा बिगत १० बर्ष देखि कार्यरत बरिष्ठ न्यूरो सर्जज डा. यम बहादुर रोकालाई एक कार्यक्रमका बिच हस्पिटल संचालक बरिष्ठ न्यूरोलोजिष्ट डा बिरेन्द्र कुमार बिष्टले मेडिकल डाइरेक्टरमा न्यूक्त गर्नुभएको हो ।


बिराटनगर १० स्थित न्यूरो हस्पिटलको सभाकक्षमा आयोजित कार्यक्रममा हिस्पटलका संचालक डा. बिष्टले , पूर्वी भेगमा पहिलो न्यूरो सर्जन डा रोकाले एक दशक भन्दा लामो समय देखि यस हस्पिटलद्वारा न्यूरो सर्जरीको क्षेत्रमा अतुल्निय योगदान पु¥याउनुभएको भन्दै मेडिकल डाइरेक्टरमा डा. रोकालाई न्यूक्त गर्नुभएको बताउनुभयो । यसै अवसरमा नवन्यूक्त मेडिकल डाइरेक्टर तथा बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाले मेडिकल डाइरेक्टर जस्तो गरिमामय पदमा न्यूक्त गर्नुभएकोले हस्पिटल प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।उहाँले उक्त पदले हस्पिटल प्रति थप जिम्मेवारि निर्वहण गर्न पाँउदा खुसि व्यक्त गर्नुभयो । यता , हस्पिटलका अपरेस्नल डाइरेक्टर राजेस भट्टराईले डा. रोकालाई मेडिकल डाइरेक्टरमा न्यूक्त गर्दा नयाँ आयाम थपिने बताउनुभयो ।

यस भन्दा अगाडि ४ जना हस्पिटलको बोर्ड अफ डाइरेक्टरमा थिए । जस मध्ये हस्पिटलको संचालक डा.बिरेन्द्र कुमार बिष्ट , कार्यक्रारी निर्देशक अनिषा विष्ट , अपरेस्नल डाइरेक्टर राजेस भट्टराई र हस्पिटल डाइरेक्टर ई. रंजित राज बस्नेत थिए ।

प्रतिक्रिया

सम्बन्धित