बेमौसमी बर्षाले यस्ता गम्भिर स्वास्थ्य समस्या देखिनसक्छ, बच्न यसो गर्नुहोस्
बर्षाकाे माैषम कसलाई मन पर्दैन र ! बर्षातको मौसमले हर कोहीलाई उल्लास थप्न सक्छ तर यदी पानी बेमौसमी हो भने सबै मजा खेर जान सक्छ । यस्तो वर्षाले व्यक्तिलाई बिरामी बनाउन सक्छ ।
बेमौसमी वर्षको कारण मानिसलाई अनेक किसिमको संक्रमण हुनसक्छ । आउनसक्छ ती बिरामी र रोगबाट बच्न अपनाउनु पर्ने उपाय :
इनफ्लुएन्जा
बर्षामा लाग्ने यो सबैभन्दा सामान्य स्वास्थ्य समस्या हो । यो मौसममा केहि भाइरसले श्वास नली र नाक तथा घाटीलाई असर गर्दछ । जसको कारण नाक बन्द हुनुका साथै घाटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने लक्षण देखिन्छ ।
उपचार
इनफ्लुएन्जाले निकै पीडित हो भने डाक्टरसँग परामर्श लिएर औषधी लिनुपर्दछ ।
पर्याप्त मात्रामा झोलिलो खानेकुरा र सन्तुलित भोजन गर्नुपर्दछ । यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगसँग बच्न सहयोग पुग्छ ।
भिटामिन सीयुक्त फलफूल, हरियो तरकारी खानुहोस् । यो स्वास्थ्य समस्या भएका व्यक्तिसँग टाढै बस्नुहोस् ।
झाडापखाला
बर्षाको समयमा झाडापखालाले सबैभन्दा धेरै मानिसहरु पीडित भएको समाचार सुन्छौँ । यो रोग जीवाणुको संक्रमणबाट हुन्छ । बर्षा मौसममा दुषित पानी र खाद्यपदार्थको सेवनले यो समस्या देखिन्छ ।
उपचार
यसबाट बच्नको लागि पानी र खाना छोपेर राख्नुपर्दछ ।
पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने ।
खाना खानुअघि राम्रोसँग हात धुने गनुपर्दछ ।
फूड पोइजन
बर्षको समयमा फूड पोइजन सबैभन्दा गम्भिर समस्या हो । यो समस्याले पेट दुख्नुका साथै बान्ता समेत हुने गर्छ । यसले शरिरलाई कमजोर बनाउँदछ ।
उपचार
यो समस्याले शरिरमा पानी कम गराउँछ । यस अवस्थामा काँचो खानेकुरा वा सलाद खानुहोस् ।
याद गर्नुहोस् खानुअघि आफूले खाने कुरा सफा छ कि छैन । बाहिरको खानेकुरा कम गर्नुहोस् ।
यसको अलवा वर्षातको समयमा हुने स्वास्थ्य समस्याबाट बच्न यस्तो उपाय अपनाउन सकिन्छ :
घरमा हरेक व्यक्तिले अलग–अलग रुमाल प्रयोग गर्ने । यसले रोग सर्ने सम्भावना कम र्गछ ।
हाछ्यु गर्दा मुख र नाक रुमालले छोप्नुहोस् । यसले नजिक बसेका मानिसहरुलाई संक्रमण हुनबाट बचाउन सकिन्छ ।
घरमा बनाएको खाना खानुहोस्, घर बाहिरको खाना सकेसम्म नखानुहोस् ।
प्रतिक्रिया