जापान बारे २० राेचक तथ्यहरू जुन तपाँइलाइ थाहा नहुन सक्छ ।

जापान एसिया महाद्विपमा पर्ने राष्ट्र हो । जापान चार ठूला र अन्य द्विपहरुको एक राष्ट्र हो । जापान एसियाको पूर्वी समूद्र तट यानि प्रशान्त माहासागरमा पर्दछ ।

जापानको छिमेकी राष्ट्र भनेको चीन , कोरिया तथा रुस हुन् । जापानीहरु आफ्नो देशलाई ‘निप्पन’ भन्ने गर्दछन् । यसको मतलब सूर्य निस्कनु हो । जापानको राजधानी टोकियो हो । र, यसको अन्य ठूला महानजरहरुमा योकोहामा, ओसाका र क्योटो हुन् ।
जापान लागभग छ हजार आठ सय ५२ द्विपहरु मिलेर बनेको एक राष्ट्र हो । तर , यी द्विपहरु मध्ये तीन सय ४० द्विपहरु मात्र एक वर्ग किलोमिटर भन्दा बढि छन् । यसको केवल चार द्विपहरुले मात्र ९७ प्रतिशत भाग ओगटेका छन् भने छ हजार आठ सय ४९ ले तीन प्रतिशत भाग ओगटेका छन् । हामी तपाईलाई जापानको बारेमा केही रोचक जानकारी प्रस्तुत गर्दैछु ।

१. जापानमा ७० प्रतिशत भाग पहाड छ भने यसमा दुई सय ज्वालामुखी टापु पनि पर्दछन् ।
२. जापानको तेसिरोजिमा टापुलाई ‘क्याट आइल्याण्ड'(cat island) भनिन्छ । यस टापुमा मानिसको संख्या भन्दा विरालोको संख्या धेरै छ । यस टापुमा कुकुर लान मनाही छ ।
३. जापानमा एक जनवरी अर्थात नवबर्षको स्वागत स्वरुप मन्दिरमा एक सय आठ घण्टी बजाएर गरिन्छ ।
४. फुगु जापानको लोकप्रिय खाना मध्ये एक हो । यो एक विषालु माछा हो । यस माछाको परिकार जो तेहीले पकाउन पाउदैन्न् । यसलाई लाइसेन्स भएका कुकहरुले मात्र पकाउन पाउदछन् भने । कुकहरुले पहिला आफूले चाखेर पाहुनालाई दिने गर्दै छन् । यदि यो माछाको विष लाग्यो भने छिट्टै मृत्यु हुन सक्छ । यस फुगु परिकारको लाइसेन्स लिनका लागि सात दखि ११ बर्ष सम्ममा ट्रेनिंग लिनु पर्दछ ।
५. जापानका बालबालिकलाई १० वर्ष नभए सम्म कुनै परिक्षा दिनु पर्दैन् ।
६. जापानमा धेरै मानिसहरु शिक्षीत छन् । जाहाँ साक्षरता दर सय प्रतिशत छ । जापानमा पत्रपत्रिका र न्यूज च्यानलमा नेपालको जस्तै दुर्घटना, बाद विवाद, राजनीति, फिल्मी मसलादार न्यूज आदिलाई प्राथमिकता दिईदैन् । जापानका समचारमा आधुनिक जानकार दिने समचार प्रस्तुत गरिन्छ ।
७. सोमो जापानको सबै भन्दा लोकप्रिय खेल हो । यसको साथै बेसबल पनि लोकप्रिय खेलमा पर्दछ ।
८. जापानमा एउटा यस्तो रोचक घटना पनि घटेको थियो । एक विदेशी विद्यार्थी जापानमा अध्ययनको शिलशिलमा आएका थिए । एक दिन उक्त विद्यार्थीले जापानको सरकारी पुस्तकालयबाट केही किताव पढ्नको लागि लगेका थिए । उक्त पुस्तकमा केही दुलर्भ चित्र थिए । विद्यार्थीले त्यस पुस्तकबाट केही चित्र पाना च्यतेर निकाले र पुस्तक फिर्ता दिए ।
कुनै जापानी विद्यार्थीले सोही पुस्तकको पाना च्यातिएको जानकारी पुस्तकालयमा दिए । यस विषयमा अनुसन्धन चल्यो । पुस्तकको पाना च्यात्ने विदेशीको कोठाबाट च्यातिएको पाना भेटियो । सजाय स्वरुप त्यस विद्यार्थीलाई जापानबाट निष्काशित गरियो । कुरा त्यतीमा टुङगिएन् । त्यस पुस्तकालयको बाहिर बोर्डमा उक्त देशका निवासी यस पुस्तकालयमा प्रवेश निषेध छ भन्ने सूचना टासियो ।
९. जापानमा छात्रछात्रा र शिक्षक एक साथ मिलेर कक्षा कोठको सरसफाई गर्ने गर्दछन् ।
१०. जापान अमेजन वर्षा वनका काठको सबै भन्दा ठूलो आयात गर्ने देश हो । जापान चारै तिरबाट समुद्रले ढाकिएको देश भए पनि २७ प्रतिशत माछा दोस्रो देशबाट आयात गर्ने गर्दछ ।
११. जापानका मानिसहरुको औषत आयु विश्वका मानिसहरुको तुलनमा सबै भन्दा धेरै छ ।
१२. विश्वमा जापान यस्तो राष्ट्र हो जहाँ सबैभन्दा धेरै भेन्डिङ मेसिन छ । जापान जनसंंख्याको आधारमा हेर्ने हो भने यो अत्यन्त धेरै मानिन्छ । जापानका हरेक सडकमा भेन्डिङ मेसिन देख्न पाईन्छ ।
१३. मुस्लिमलाई नागरिकता नदिने एक मात्र राष्ट्र जापान हो । त्यती मात्र नभएर जापानमा मुस्लिमलाई कोठा भाडामा समेत पाउन गार्हो हुने गर्दैछ ।
१४. जापानमा ११ मार्च २०११ मा आएको भूकम्प सबै भन्दा ठू्लो भूकम्प थियो । जापानमा हरेक वर्ष १५ सय भूकम्प आउने गर्दछ । यानिकी हरेक दिन चार ओटा भूकम्प जाने गर्दछ ।
१५. जापान एक यस्तो राष्ट्र हो जस्ले अन्तराष्ट्रिय बन्देजका बाबजुद हॊयल माछाको शिकार गर्दै आएको छ । र शिकार गरेपछि उक्त माछा बजारमा ल्याएर बेच्ने गरेको अन्तराष्ट्रिय आरोप छ ।
१६. जापानीहरुसंग sorry भन्नका लागि २० भन्दा धेरै तरिका छन् ।
१७. जापानमा हत्याको दर विश्वमा एन्डोरा(युरोपियन राष्ट्र) पछि सबै भन्दा कम छ । जापानमा दुई लाख मध्ये एकको हत्या हुने गर्दछ ।
१८. जापान विश्वमा यस्तो एक मात्र देश हो जस्मा परमाणु हमला भएको छ । परमाणु हमला अमेरिककाले सन् १९४५ को ६ र ९अगष्टमा हिरोसिमा र नागशाकिमा गरेको थियो । यसमा प्रयोग गरिएको बमलाई little boy र fat man को नाम दिईएको थियो ।
१९. जापानी मानिसहरु समयको पक्का हुने गर्दछन् । यहाँ ट्रेन पनि धेरैमा १८ सेकेन्ड ढिलो हुन सक्छ । त्यसैले घडीको समय जापानका ट्रेनसंग मिलाउदा पनि हुन्छ भन्ने गर्दछन् ।
२०. जापानमा अत्याधिक रुपमा कमिक बुकहरु प्रकाशित हुने गर्दछ। जापानमा प्रकाशित कुल किताब मध्ये २० प्रतिशत कमिक बुकहरु पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित