सुन्दरहरैंचामा डेंगु राेगको लागि बिषाधी 

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले डेंगु रोगकाे लागि बिभिन्न वडाहरुमा लामखुट्टे नियन्त्रण गर्न बिषादी छर्किएको छ ।  नगरपालिकामा कार्यरत कर्मचारीहरुकाे टोलीले नगरकाे बिभिन्न वडाहरुमा लामखुट्टे नियन्त्रणका लागि बिषादी छर्किएको हाे । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उदय श्रेष्ठले डेंगुकाे लार्भा नस्ट गर्नकाे लागि बिभिन्न वडाहरुमा बिषाधी छिटेर नगरवासीहरुकाे सुरक्षाका लागि सतर्क रहन समेत अग्रह गरेकाे बताए । उनले नगरकाे वडा न १० मा २८बर्षीया कोपिला दाहाल , वडा न. ५ मा २५बर्षीया यमुना गुरुङ, वडा न ४ स्थित कृष्ण पेट्रोल पम्पका कामदार बर्ष ३५ का अरुण साहलाई डेंगुको संक्रमण देखिएको जानकारी दिए ।
सुन्दरहरैचा नगरपालिका नगरप्रमुख शिवप्रसाद ढकालले डेंगु रोग नियन्त्रण गर्न अाफै गाउँघर तथा वडावडामा गएर स्थानियहरु लाई डेंगु रोगको बारेमा जानकारी गराउदै सचेत हुन आग्रह गरेर अाैषधी छिट्ने व्यवस्था मिलाएकाे बताए ।
वर्षायामको गर्मी सँगै लामखुट्टेको कारणबाट सुन्दरहरैँचा नगरकाे अासपास क्षेत्र भित्र डेंगुका बिरामी समेत देखा परेको हुदाँ सो रोगको नियन्त्रणको लागि तत्काल लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्न वडाध्यक्ष, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालय मोरङको टिम सहित टोली गठन गरी नगरपालिका क्षेत्र भित्रका विभिन्न स्थानमा रहेका लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गरिएको सुन्दरहरैचा नपाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित