सुकुना क्याम्पसमा छात्रवृत्ति वितरण तथा प्राध्यापक कर्मचारीकाे विदाई

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा मंगलबार छात्रवृत्ति वितरण तथा अवकास प्राप्त प्राध्यापक कर्मचारीकाे विदाई समाराेह भएको छ । सुकुना बहुमुखी क्याम्पसकाे अायाेजनामा भएको कार्यक्रमकाे विधिवत रुपमा उद् घाटन क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ गुरुङले गरेका थिए । कार्यक्रममा सुकुना क्याम्पसमा विभिन्न तह तथा विधामा अध्यायरत कक्षा ११ , १२ देखि स्नातक र स्नातकोत्तर सम्ममा अध्यायरत करिव २ सय विद्यार्थीहरु लाई छात्रवृत्ति वितरणकाे कार्यक्रम गरिएको थियाे ।

१२ लाख ५० हजार रुपैयाँकाे छात्रवृत्ति वितरणकाे कार्यक्रममा क्याम्पस अक्षयकोष छात्रवृत्ति , संङ्घ संस्था तथा दाताहरुबाट र क्याम्पस काेषबाट क्याम्पसकाे बाह्राे परिषद बैठकका अवसरमा वितरण गरिएको थियाे । छात्रवृत्ति वितरणकाे कार्यक्रममा स्थानीय संङ्घ संस्था , व्यातित्व , सहकारी , लायन्स क्लब तथा बैकहरुले समेत जेहेन्दार विद्यार्थीहरुकाे उज्वल भविष्यकाे कामना गर्दै उनिहरुलाई अघि बढ्नकाे लागि हाैसला र प्राेत्साहन स्वरुप छात्रवृत्ति वितरण गरेका थिए ।

कार्यक्रममा क्याम्पसलाई लामाे समयदेखि याेगदान पु- याउने अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीकाे विदाई गरिएको थियाे । विदाई हुनेहरुमा सुकुना क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई , प्राध्यापक भानुभक्त भण्डारी , हरिराम लिम्बू ,कर्मचारी प्रकाश मास्के लगायत रहेका थिए । उनिहरुलाई अविर फूलमालाका र ढाकाटाेपीका साथमा सम्मानपत्र प्रदान गरि क्याम्पसकाे नियम अनुसार उपदान हस्तान्तरण गरेर भव्य रुपमा बांकी जीवन अझै सफल रहाेस भन्ने कामनाका साथमा विदाई गरिएको पब्लिक क्याम्पस संङ्घ सु. ब.क्या. एकाई समितिका सभापति बलराम पाेखरेलले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले कार्यक्रमकाे अाैचित्व माथि प्रकाश पारेका थिए । उनले जनस्तरबाट संचालित सुकुना बहुमुखी क्याम्पसले २७ वसन्त पार गरेर छात्रवृत्ति वितरण तथा अवकास प्राप्त प्राध्यापक कर्मचारीकाे विदाई गर्न पाउँदा खुसि लागेकाे बताए । उनले प्रदेश नं.१ कै ठूलाे र गाैरव तथा सुन्दरहरैचा नगरकै गहनाका रुपमा रहेकाे यस क्याम्पस टियू द्वारा सम्बन्धन प्राप्त विश्वविद्यालय अनुदान अायाेगद्वारा क्यूएए प्राप्त भएको जानकारी गराउंदै अक्षयकाेष खडा गर्ने दाता तथा यस क्याम्पसकाे वृद्धि विकास अनि साथ सहयाेग पु- याउंने सबैलाई धन्यवाद दिदै अाफ्नु तर्फबाट अाभार प्रकट गरेको जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरूले अार्कषक नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनाेरज्जन प्रदान गरेका थिए । क्याम्पस संचालक समितिका उपाध्यक्ष गाेपालबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रमकाे संचालन सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए । कार्यक्रम सु. ब.क्या.संचालक समितिका अध्यक्ष देवेन्द्रकुमार मास्केकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित