इटहरी अस्पतालमा दुई जनामा डेगुं पहिचान

इटहरी । डेगुंका विरामीहरु इटहरी उपमहानगरपालिका क्षेत्रमा समेत फेला परेपछि उच्च सर्तकता अनाउन थालिएको छ । भने इटहरीमा थप दुई जनामा डेगुं पहिचान भएको हो । केही दिन यता देखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनालाई समेत डेगुं भएको पुष्टि भएको हो ।

केही दिन पहिले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र विजयपुर अस्पतालमा उपचार गराई रहेका एक एक जनामा डेगुं पुष्टि भएको थियो । त्यसै गरी इटहरी अस्पतालमा उपचाराथ्य भर्ना भएका थप दुई जनामा डेगुं देखा परेको अस्पतालका हेल्थ असिस्टेन्ट रामकुमार धमलाले जानकारी दिए । धरानमा उपचारत इटहरीका विरामीमा डेगुं भएको पुष्टि भएसंगै गत १९ गते देखि उच्च सर्तकता अपनाउदै सचेतनाका साथै लार्भा नष्ट गर्ने कार्य उपमहानगरपालिका र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी गर्न थालिएको समेत उनले वताए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु डा विजय खनाल र डा प्रज्जवल प्याकुरेल समेत इटहरी आएर डेगुंको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन । डा प्याकुरेलले महामारीका रुपमा धरानमा फैलीरहेको डेगुं नियन्त्रण तथा कसरी फैलियो भन्ने विषयमा अनुसन्धान कार्य भई रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित