युवावर्गको क्षमता अभिबृद्धिमा राष्ट्रिय सेवा दलकाे तालिम, ७ हजार ७ सय विद्यार्थी सहभागी हुने

माेरङ / राष्ट्रिय सेवा दलकाे तर्फबाट नेपाली सेना मार्फत देश भरिका विभिन्न विद्यालयमा अध्यायनरत विद्यार्थीहरुका लागि अनुशासन, नेतृत्व क्षमता निष्ठा र राष्ट्रिय एकता तालिमकाे छनाेटका लागि शारीरिक जाँच सँन्चालनकाे कार्यक्रम गरिएकाे छ ।

नेपाल सरकारकाे अायाेजनामा निःशुक्क रुपमा संचालन हुने तालिम युवावर्गको व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धिका लागि महत्त्वपूर्ण हुने भनिएकाे छ । मोरङ जिल्लामा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरु मध्ये ६ वटा माध्यमिक विद्यालयमा एन.सि.सि. तालिम दिन लागेको हो । याङ्शिला मोरङका प्रमुख सेनानी दुर्गाबहादुर चन्दले सुन्दरहरैंचा नगरपालिकामा रहेको ब्राईट फ्युचर मावि सलकपुरमा शिक्षक, विद्यार्थीहरुलाई तालिमका बारेमा जानकारी दिएका थिए ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम भएकाले २०२२ सालमा स्थापना भएको नेपाली सेनाको राष्ट्रिय सेवा दलको युनिटले देश भरिका ७ हजार ७ सय विद्यार्थीलाई तालिम दिने चन्दले बताए । उनले युवा वर्गमा राष्ट्रियताको भावनामा कमी नहाेस भनेर उनिहरुमा अात्माबल विकास गराएर अनुशासन ,इमान्दार र वफादार रहन सिकाउँने उदेश्यका लागि तालिम महत्त्वपूर्ण हुने जानकारी दिए । उनले अापत विपत तथा प्राकृतिक प्रकाेपमा स्वयमसेवक युवा पुस्ता तयार पारी देशमा आउन सक्ने प्राकृतिक विपतिका लागि समेत उद्वारमा सहभागिता गराउँनका लागि नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिएकाे याे तालिम विद्यार्थीका लागि झनै महत्त्वपूर्ण हुने बताए ।

यस अन्तर्गत मोरङ जिल्लामा साजिलाल मा.वि., सुकुना मा.वि., ब्राइट फ्युचर सुन्दरहरैंचा ,जनप्रीय मा.वि. कटहरी, दुर्गा मा.वि. जहदा तथा आदर्श मा.वि. विराटनगरमा तालिम संचालन हुनेछ । तालिमकाे लागि विद्यालयमा ७९ दिन तथा क्याम्पमा २१ दिन गरेर १ सय दिन सँचालन हुनेछ । तालिममा उत्कृष्ट भएका विद्यार्थीहरु विभिन्न अवसरहरुमा समेत सहभागी हुनेछन । विशेष गरेर विद्यार्थीहरुलाई अागामी असारबाट संचालन गरिने तालिममा खेलकुद ,नृत्य शारीरिक व्यायम लगायत संस्कृतिको जर्गेना, चेतनामुलक कार्यमा परिचालन गर्न, राष्ट्रिय विपदमा स्वयमसेवक , विपद व्यवस्थापन, अनुशासन, नेतृत्व विकास लगायतका विषयमा रहेर तालिम प्रदान गरिने ब्राइट फ्यूचर मावि सलकपुरका प्रिन्सिपल तथा प्याब्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष टीकाराम ढकालले बताए । उनले तालिमका लागि अभिभावबाट अनुमति लिएर विद्यार्थीकाे इच्छा अनुसार प्रत्येक विद्यालयबाट करिब १८ छात्र १८ छात्राकाे उचाइ ताैल लगायत स्वास्थ्य शारीरिक जाँच गरेर छनाेट गरि कक्षा ८,९,१० र +२ का विद्यार्थीहरुलाई समेत तालिममा सहभागि गराइने जानकारी दिए ।

राष्ट्रिय सेवा दलद्धारा आ.ब.२०७६⁄७७ मा संचालन हुने जुनियर डिभिजन तालिमको लागि नेपालको सबै जिल्लामा भर्ना छनौट प्रक्रिया संचालन भईरहेको छ । आगामी आ.व. ०७६।७७ मा जुनियर डिभिजन तर्फ १ सय ७१ बिद्यालय र सिनियर डिभिजन तर्फ ४३ बिद्यालयका बिद्यार्थीहरुलाई तालिम गराउने योजना रहेकाे छ । सबै जिल्लाहरुमा राष्ट्रिय सेवा दलबाट खट्टिएका अधिकृत, पदिक तथा बिल्लादारहरुले स्थानिय नेपाली सेनाका युनिट, जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित बिद्यालयसंग समेत समन्वय गरी जुनियर डिभिजन तालिमको भर्ना छनौटको कार्य गरिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित