इटहरी स्थित पशुपति इंग्लिश बोडिङ स्कुलका विद्यार्थीहरुले यसरी मनाए बिश्व बाताबरण दिवस ( १५ तस्विरहरू )

इटहरी / “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस २०१९ मनाइँदैछ । यसै अवसरमा इटहरी २ स्थित पशुपति इंग्लिश बोडिङ स्कुलका विद्यार्थीहरुले विध्यालय आसपासका बिभिन्न ठाँउहरूमा सरसफाइ एवं गमलामा फुल राेपी विश्व वातावरण दिवस छन् । कक्षा ८,९ मा अधयानरत विद्यार्थीहरुद्वारा बुधबार बिहान इटहरीका हलगडा, हवाई चोक, पशुपति चोक, तिनजुरे चोक लगायत आसपासका छेत्रहरूमा सरसफाइ गरेका हुन् । साथै विद्यार्थीहरुले बाताबरण समबन्धि प्लेकार्ड र नारा लगाई परिक्रमा गरेका थिए ।

बिद्यालयले समय समयमा बिभिन्न रचनात्मक र सृजनात्मक कार्यक्रमहरू गरेर विद्यार्थीहरूलाई त्यसमा सग्लंग गराउने कार्य गरिरहेकाे त्यसले उनीहरूकाे व्यक्तित्व विकास अभिबृदी हुने पशुपति बोर्डिगं स्कुलका प्रिन्सीपल सुमित थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित