सुन्दरताको जालमा पारेर पुरुषको हत्या गरी रगत भाडोमा संकलन गरेर नुहाउने खतरनाक युवती !

एजेन्सी । कहिल्यै तपाई सोच्न सक्नुहुन्छ एक महिलाले पुरुषको हत्या पश्चात लाशलाई बलात्कार गर्ने र लाशको रगत पिउन सक्छिन् ? सायद धेरै विश्वास गर्न गाह्रो पर्ला । तर, मेक्सिको २८ वर्षिय एक महिलाले आफ्नो सुन्दरताको जालमा पारेर धेरै पुरुषहरुको हत्या गर्ने काम गरेकी छिन् । जुआना नाम गरेकी ती युवती हाल जेलमा रहेकी छिन् । मेल अनलाइनले दिएको जानकारी अनुसार अपराध स्विकारेको अभिव्यक्ति क्यालिफोर्नियाको एक जेलमा उनले गरेकी हुन् ।

जुआना मेक्सिकोको सबैभन्दा खतरनाक आपराधिक गिरोह जिटासकी शुटर पनि रहेकी थिइन् । जुआनाका अनुसार उनको बाल्यकाल एकदमै भिन्न तरिकाले बितेको थियो । उनी अरु बच्चाहरुभन्दा एकदमै फरक थिइन् । उनलाई सानो देखि नै रक्सी चुरोट धेरै मनपथ्र्यो । उनको जन्म मेक्सिको सिटी नजिक रहेको हिदालागो कस्बे भन्ने ठाउँमा भएको थियो ।

जब उनी १५ वर्षकी थिइन् तब उनले आफुभन्दा २० वर्ष जेठो मानिससँग शारिरीक सम्बन्ध बनाएकी थिइन् । उनले एक छोरीलाई समेत जन्म दिएकी थिइन् । आफ्नो छोरीलाई पाल्न उनी त्यसपछि गलत बाटो रोज्दै गइन् । उनी वेश्याबृतिमा लागिन् र ड्रग तस्कर गर्न थालिन् । जुआनाको ज्यानको खतरा सदैव रहेको थियो । त्यसपछि उनले पुरुषहरुको हत्या गर्न थालिन् । उनले मानिसहरुको घाँटी काटेर हत्या गर्ने गर्थिन् । त्यसपछि लाशसँग यौनसम्बन्ध बनाउने गर्थिन् । रगत भाडोमा संकलन गरेर नुहाउने तथा पिउने काम उनी गर्थिन् । हाल उनी जेलमा रहेकी छिन् भने उनको सजायको फैसला हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित