विधि र प्रक्रिया मिच्दै शिक्षकको सरुवा

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकाँश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक÷शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आप्mना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद् गरेको बताउनुभयो ।

सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले जेठ ११ गते दार्चुलामा घटेको आपराधिक घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रासद गुरुङले स्वयम्सेवकका रुपमा नेपाल आउने विदेशीलाई समान व्यवहार गर्ने सम्बन्धी नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवप्रसाद तिमल्सिनाले रौतहट जिल्लामा हुरी, असिना र पानीले कृषिबालीमा क्षति पुग्न गएको उल्लेख गर्दै यसको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
सांसद पूर्णकुमारी सुवेदीले बाँके जिल्लाको सुनापुर गाउँपालिकामा विद्युतीकरण सेवा पु¥याउनुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा गति नियन्त्रण निर्माण र सिसीटिभी क्यामेरा जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सांसद प्रमोद शाहले लोकसेवा आयोगको विज्ञापन विधिपूर्वक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रभुनारायण चौधरी, पार्वती डिसी चौधरी, प्रकाश स्नेही र प्रमिला राईले देशमा हत्या, हिंसा, भ्रष्टाचार, बलात्कार तथा अनियमितता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिनेभयो ।

प्रतिक्रिया

सम्बन्धित