मेयरले बाढे लिम्बु भाषाको किताव

पथरी / लिम्बु भाषाको बिकास र प्रबद्र्धन गर्न मोरङको पथरीशनिश्चरेमा लिम्बु बिष्यको पुस्तक बितरण गरिएको छ । लिम्बु बिध्यार्थी मञ्चको पहलमा पथरीशनिश्चरेका मेयर दिलिप कुमार राईले चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय पथरी शनिश्चरे–७ को कक्षा ६ सम्मका बिध्यार्थीहरुलाई पठ्यपुस्तक बितरण गरेका हुन ।

लिम्बु भाषामा यसअघि कक्षा ५ सम्म मात्रै लिम्बु भाषाको पढाइ हुदै आएको थियो । अहिले कक्षा १ देखि ६ सम्म लिम्बु भाषामा पढन पाठन हुदै आएको छ । १ देखि ६ सम्म १७० जना विद्यार्थी छन् भने उक्त शिक्षा शिकाईका लागि एक जना मात्र शिक्षक रहेका छन । नगर प्रमुख दिलिपकुमार राईले लिम्बु भाषाको पाठ्यपुस्तक वितरण गर्दै मातृभाषामा पठनपाठनको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।

विद्द्यालले लिम्बु भाषाको पुस्तक उपलब्ध नभएपछि श्री ५ को सरकारको पालाकै पाठ्यपुस्तक अध्ययन अध्यापन गर्दै आएको थियो । मञ्चका अध्यक्ष फिपराज बेघाले विद्यालयले पाठ्यपुस्तकको माग गरेपछि संस्थाले कक्षा १ देखि कक्षा ६ सम्म खरिद गरेर विद्यार्थीहरुलाई वितरण गरेको जनाए । नगरमा सबै भन्दा बढि बोलिने भाषा लिम्बु भएकाले लिम्बु भाषा बोल्न प्रयाप्त वातावरण रहेको भन्दै स्थानिय सरकारले स्कुलमा शिक्षक दरर्वन्दी थप्नु पर्ने बताए लिम्बु विद्यार्थीहरुका केन्द्रीय अध्यक्ष फिपराज लिम्बुले बताए ।

चन्द्रकिरातेश्वर जिल्लाकै लिम्बु भाषामा कक्षा ६ सम्म पढाउने पहिलो विद्यालय भएकाले लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा समिति मोरङले पुस्तक उपलब्ध गराएको हो । १ नं. प्रदेशको लिम्बु बाहुल्यता रहेको स्थानमा लिम्बु भाषामा कक्षा १२ सम्म अध्ययन हुदै आएको छ । २०६८ सालदेखि विद्यालयमा लिम्बु भाषाको अध्ययन अध्यापन सुरु गरेको विद्यालयका प्रधानाध्यापक हर्कजंग जिमीले जानकारी गराए । उनका अनुसार निजी स्रोतबाट मातृभाषा शिक्षक पूर्ण चेम्जोङले अध्ययन अध्यापन गराइराखेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित