इटहरी उपमहानगरद्वारा विद्यालयको शुल्क निर्धारण, बढि शुल्क लिए कारवाही गरिने

इटहरी । इटहरी उपमहानगरपालिकाले नगर भित्र संचालित नीजि बिद्यालयको शुल्क निर्धारण गरेको छ । शनिबार पत्रकार सम्मेलेनकाे अायाेजना गरि बिद्यालयहरुको शुल्क सार्वजनिक गरेको हाे । उपमहानगरका अनुसार क वर्गका विद्यालयहरुले अधिकतम नर्सरीको मासिक १८००, कक्षा १० को मासिक शुल्क ३ हजार ३५० रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै ख श्रेणीका बिद्यालयहरुले नर्सरीमा अधिकतम १५५० , कक्षा १० मा भने अधिकतम २८५० रुपैयाँ शुल्क निर्धारण गरेको छ । ग श्रेणीका विद्यालयहरूले नर्सरीको अधिकतम १२०० रुपैयाँ र कक्षा १० को अधिकतम २२५० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

सवै श्रेणीका निजी विद्यालयहरूले एल केजी देखि कक्षा नौ सम्म अघिल्लो कक्षाको तोकिएको शुल्कको बढिमा ८ प्रतिसत शुल्क बढाएर लिन पाउने व्यबस्था समेत गरिएको छ । कार्यवाहक मेयर लक्ष्मी गौतमले उप महानगरले तोकेको शुल्क भन्दा बढि लिइएको पाइए कानुन अनुसार कारवाही गरिने समेत बताइन् । हालफ इटहरीमा क श्रेणीका १२ , ख बर्गका ५० र ग वर्गका २४ वटा बिद्यालय संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित