पाँचथर स्थित विधालयको क्वाटरमा आगलागी २२ लाखको क्षति

पाँचथर / पाँचथरको फालेलुङ गाउँपालिका-५ स्थित कालिका माध्यमीक विधालयको शिक्षक वस्ने क्वाटर कोठामा आगलागी हुँदा २२ लाख मूल्य बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो पौने १२ बजेको समयमा अचानक विधुत सर्ट भई आगलागी हुँदा पक्कि गाह्रो टिनको छानो भएको ३ कोठे भवन भित्र रहेको फर्निचरको सम्पुर्ण सामान तथा भाडावर्तन, मोवाईल २ थान र नगद ८ हजार समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी चौकी प्राङवुङको प्रहरी टोली र अन्दाजी १०० जना स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित