मधुमेहको रोगी बढ्दै गएपछि धरानमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न

धरान / खानपिन र शारीरिक व्यायामको कमीका कारण लाग्ने मधुमेय रोगको विरामी दिनप्रतिदिन थपिदै गएपछि अहिले सरोकारवालाहरु गम्भीर बनेका छन् । शारीरिक व्यायाम र खानपान शैलीमा परिवर्तन नआउदा मोटोपना बढ्न गई मधुमेह लाग्ने क्रम बढेपछि यसको नियन्त्रणका लागि न्युट्रेशन काउन्सिलिङ एण्ड रिसर्च प्रा.लि. यससम्बन्धी विज्ञलाई समावेश गराएर सर्वसाधारणलाई मधुमेह र मोटोपना सम्बन्धी एक दिने र्काशाला गोष्ठीकोे आयोजना गरेको हो ।

सो अवसरमा बोल्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभागका चिकित्सक प्रो. रविन मास्केले शारीरिक व्यायाम र सन्तुलित खानपिनका अभावका कारण अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मधुमेहका विरामीहरु उपचारका लागि धेरै आउने गरेको बताउनुभयो । उहाले उपचारमा आउने विरामीमध्ये धेरै जसो मधुमेहकै हुने गरेको बताउनुभयो । प्रा.लि.ले चिकित्सक र डाइटिसिएनलाई एकै ठाउमा राखेर कार्यशाला गोष्ठीर्को आयाजना गरेको बताउनुहुदै यसले मधुमेह लागेकालाई र नलागेकालाई कस्तो खानपिन र जीवनशैलीले रोगबाट बच्न सकिन्छ भन्ने कुरा जानकारी हुने बताउनुभयो ।

यता वक्र्ससपमा आउने सहभागीहरुले समेत यस्ता खालका कार्यक्रम प्रभावकारी हुन बताएका थिए । उनीहरुले आफूहरुले यसबाट धेरै कुरा सिक्न पाएको बताएका छन् । धरानमा लामो समयदेखि फिजिकल फिटनेश सञ्चालन गर्दै आउनुभएका प्रवीण भगत प्रधानाङ्गले शारीरिक व्यायामकै कारण आफू फिट भएको र यस कार्यक्रमले मधुमेहबाट बच्ने उपायका विषयमा जानकारी पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

यस्तै विगतदेखि नै मधुमेहबाट ग्रसित बन्नु भएका धरान १२ का रामस्वरुप शर्माले यस वक्र्सअफबाट धेरै कुरा सिक्न पाएको बताउदै यहा सिकेका कुरालाई व्यवहारमा उतार्ने बताउनुभयो । विगतदेखि नै मधुमेह, उच्च रक्तचापका विषयमा विभिन्न ठाउमा गएर सचेतना कार्यक्रम गर्दै आएको न्युट्रेशन काउन्सिलिङ एण्ड रिसर्च प्रा.लि.का कार्यकारी निर्देशक प्रवीण भट्टराईले पोषण विज्ञान अध्यन गरिसकेपछि संस्था नै खोलेर यस्ता सचेतना कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । उहाले यस्ता कार्यक्रमले सर्वसाधारणलाई स्वस्थ रहन ठूलो सहयोग पुग्ने बताउनुभयो ।

धरान ९ रत्न इन होटलमा भएको कार्यक्रममा मधुमेहलाई नियन्त्रणमा राखेवापत धरानका शान्तिराम काफ्ले, रामस्वरुप शर्मा, शरीरलाई तन्दुस्त राखेको भन्दै आइडल बडी वेट राम्रो भएको भन्दै.प्रवीणभगत प्रधानाङ्गलाई प्रोत्साहन स्वरुप पुरस्कृत समेत गरिएको थियो । प्रा.लिकाका अध्यक्ष कोमल गुरागाइको अध्यक्ष तथा प्रियंका पराजुलीको संयोजकत्वमा भएको कार्यक्रममा पोषण विज्ञानकी विज्ञ डा. शिल्पी विक्रमले जानकारमुलक कुराहरु बताउनु भएको थियो । कार्यशाला गोष्ठीसंगै उनीहरुले विएमआइ टेष्ट (तौल र उचाइको सन्तुलन), उच्च रक्तचाप, मधुमेह समेत हेरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित