धरानमा डेङ्गुको महामारी : साठी बिरामीको उपचार गरिँदै

धरान/ धरान उपमहानगरपालिकामा डेङ्गु रोग फैलिएको छ । उन्नाइस दिनमा धरानमा ६० जनामा डेङ्गु रोग देखापरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबाइलोजी विभागका विभागीय प्रमुख प्राडा बसुन्धरा खनालका अनुसार ११४ जनामा गरिएको ल्याब परीक्षणका क्रममा ६० जनामा डेङ्गु देखापरेको छ । उपमहानगरपालिकाको पहलमा बनाइएको ‘¥यापिड रेस्पोन्स टिम’का संयोजक एवं प्रतिष्ठानका प्रा डा विजयकुमार खनालका अनुसार उपमहानगरले प्रतिष्ठानबाट दुई अल्फा साइफर मेसिन प्रयोग गरी औषधि छर्कने काम गरिरहेको छ ।

आजदेखि चिकित्सक र प्राविधिक टोलीले घर घरमा पुगेर लामखुट्टेका अण्डा र लार्भालाई नष्ट गर्ने, सो रोगबारे जनचेतना फैलाउनेलगायत काम गर्दै आएको संयोजक डा खनालले जानकारी दिनुभयो । “टोली परिचालन गरी रोग नियन्त्रणको प्रयास गरिरहेका छौँ”, प्रतिष्ठानका निर्देशक डा गौरीशङ्कर साहले भन्नुभयो । ६ वर्षदेखि ६१ वर्ष उमेर समूहका व्यक्तिमा डेङ्गु रोग देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित