बेलबारी ९ मा नयाँ एम्बुलेन्स, स्थानीय हर्षित

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ मा तिन खुटिया युवा क्लबले गाँउमा नयाँ एम्बुलेन्स ल्याएपछि स्थानीय हर्षित भएका छन । सो एम्बुलेन्सको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बिहिबार उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारीका सामाजिक संघ सस्थाको भुमिकाले सम्बृद्ध नगर बनाउन सहज हुने बताए । उक्त एम्बुलेन्स बेलबारी नगरपालिका वडा नम्बर ८,९,७,र ६ नम्बर वडाका बासिन्दाहरुका लागी सहज हुने छ ।

गाँउमा एम्बुलेन्स सेवा शुरु भएपछि स्थानीय हर्षित भएका छन । गाँउमा मानिसहरु बिरामी हुँदा एम्बुलेन्सकै अभावमा घण्टौँ छटपटिनु पर्ने अबस्था रहेको थियो । अन्य वडाहरुमा भएका एम्बुलेन्स आउन समय पर्खिनु पर्ने भएका कारण समस्या हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित