धरानको टप युनिभर्सलमा हाजीरिजवाफ, व्यवस्थापन संकाय विजयी

धरान । सुनसरीको धरानमा रहेको टप युनिर्भसल एकेडमीले विद्यार्थीहरुको व्यक्तित्व तथा अन्तरनिहित क्षमता विकास गर्ने उद्देश्यले दुई दिने हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । समिट सेकेडरी स्कुलमा शनिबार भएको प्रतियोगिताको फाइनलमा ७५ अंक जोड्दै व्यवस्थापन संकायका एरीना राई, निराजन सिह, रोहन साह, सुदिन ताम्राकार र कुशल बस्नेतको टिम विजयी भयो ।

यस्तै, ६५ अंक जोड्दै विज्ञान संकायका विधार्थी मेलिना राई, सदिक्षा लिम्बु, अनमोल गातम, भिषण माझी र अमित योन्जनको समुह दोश्रो भयो भने ५५ अंक जोड्दै नर्सिङ संकायका विद्यार्थी स्नेहा राई, केडिना कटुवाद, सजना गुरूङ, अमिशा पुरी र युमा राईको समुह तेश्रो भएको थियो । विजेता सबै टप युनिभर्सलमा ब्रिज कोर्ष गरिरहेका बिद्यार्थी हुन ।

शुक्रबार भएको पहिलो चरणमा विज्ञान संकायका ३ टिम, नर्सिङ संकायका २ टिम र व्यवस्थापन संकायको १ टिम गरी जम्मा छ टिम सहभागी भएको थियो । फाईनलमा विज्ञान संकायको अर्को टिम गरी जम्मा ४ थिए । विजेताहरूलाई विदाइका बेला पुरस्कार वितरण गरीने युनिभर्सल एकेडेमीका अध्यक्ष प्रकाश लकान्द्रीले बताएका छन । यसैबिच एकेडमीले शनिबार धरान रनका ४ जना धावहरूलाई टिसर्ट प्रदान गरेको छ । हरेक शनिबार हुने रनमा सहभागी भई २० हप्ता पुरा गरेको ३ धावक र ५० हप्ता पुरा गरेको १ धावकलाई धरान रनको टिसर्ट प्रदान गरीएको हो । टपको प्रायोजनमा तयार भएको टिसर्टलाई अध्यक्ष प्रकाश लकान्द्रीले प्रदान गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित