महिनावारी स्वच्छता दिवस बिभिन्न कार्यक्रम गर्दै मनाईयो ।

राजबिराज / मर्यादित महिनावारी, अव काम थालौ भन्ने मुल नाराका साथ सबल नेपालले बिभिन्न स्थानमा महिनावारी स्वच्छता दिवस भव्यताका साथ मनाएको छ । सबल नेपालले महिनावारी स्वच्छता दिवसको अवसरमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ६ मा रहेको जनता मा.बि. गोरगामा, रंजितपुरमा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाद्धारा बिद्यालयलाई ५० थान प्याड समेत बितरण गरिएको थियो ।

त्यसै गरि सबल नेपालले सिरहाको कर्जन्हामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । उक्त हाजिरी जवाफ प्रतियोगितामा रामदुलारी माबिका जितेन्द्र प्रसाद ठाकुर, रुपेश कुमार यादव र अजमेरी खातुन पहिलो भएका थिए भने बिष्णु चरण श्रेष्ठ माबिका किशन साह, सरस्वतरी यादव र जिवन दास दोश्रो भएका थिए । त्यसै गरि लक्ष्मण मण्डल जनता माबिका मो. सहजाद हुसैन, मो. रिजवान अहमत र अनुरुद्ध मण्डल तेश्रो भएका थिए । बिजय प्रतियोगिहरुलाई ट्रफी तथा प्रमाण पत्र बितरण गरिएको जानकारी सबल नेपालका अधिकृत अर्चना यादवले जानकारी गराउनु भएको थियो ।

सिरहामा नै सबल नेपालद्धारा कल्याणपुर नगरपालिकामा महिनावारी स्वच्छता सम्बन्धी फोटो प्रर्दशनी समेत गरिएको थियो भने कर्जृन्हाको बन्दिपुरमा महिनावारी स्वच्छता सम्बन्धी सडक नाटकको समेत आयोजना गरिएको थियो । स्वच्छता दिवसकै अवसरमा सिरहा नगरपालिकामा बृहत चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा माउण्ट सेकेण्ड्री बिद्यालयका पुनम कुमारी साह पहिलो भएका थिए भने माउण्ट सेकेण्ड्री बिद्यालयकै आचल यादव दोश्रो तथा श्री माबि भलुवाहिका दिव्या लक्ष्मी कामति तेश्रो भएका थिए ।

बिजय बिद्यार्थीहरुलाई सिरहा नगरपालिकाका प्रमुख अश्वेश्वर कुमार यादवले ट्रफी तथा प्रमाण पत्र बितरण गरेको जानकारी सबल नेपालका अधिकृत सन्तोष भण्डारीले गराउनु भएको छ ।
त्यसै गरि सप्तरीको खडक नगरपालिका तथा सुरुंगा नगरपालिकामा सबल नेपालद्धारा हाजिरी जवाफ प्रतियोगिता, प्याड बनाउने प्रतियोगिता, महिनावारी स्वच्छता सम्बन्धी निबन्ध लेखन तथा महिनावारी स्वच्छता सम्बन्धी बकतृत्वकला प्रतियोगिता सम्पुर्ण बिद्यालयलाई लक्षित गरि संचालन गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्द किशोर चौधरीले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित