इटहरीमा सुरु भयो सेन्ट्रल फेसन हब

इटहरी । फेसन डिजाइनको आकर्षण बढी रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा फेसन डिजाइनीगं सम्वन्धी कक्षा सञ्चालन गर्ने गरी सेन्टरल फेसन हब सञ्चालनमा आएको छ ।
पुर्वको व्यवसायीक केन्द्रका रुपमा विकसित वन्दै आएको इटहरीलाई केन्द्र वनाएर प्रदेस नम्वर १ कै फेसन डिजाइन सम्वन्धी कक्षा सञ्चालन गर्न लागिएको वताइएको हो । फेसन डिजाइन सम्वन्धी कक्षा सञ्चालन गर्ने गरी सेन्टरल फेसन हब सञ्चालनमा आएपछि यस क्षेत्रबाट फेसन डिजाइन सम्वन्धी पढ्नका लागि काठमाडौ. र अन्य मुलुक जानु पर्ने वाध्यता हट्ने सञ्चालक रोशन श्रेष्ठले विश्वास व्यक्त गरे ।

उनले सिटिइभिटी बाट स्वीकृति लिएर एक वर्षे कोर्ष सञ्चालन गर्ने गरी कक्षा सञ्चालनको तयारी भइ रहेको समेत जानकारी दिए । फेसन डिजाइन सम्वन्धी सिप सिकेर आफैले व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सकिने देखि लिएर वैदेशिक रोजगारीमा जादा समेत राम्रो अबसर पाउने हुँदा समेत युवा पिडीको फेसन डिजाइन प्रति आकर्षण बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित