एक्सपर्ट एजुकेशनले इटहरीमा अष्ट्रेलियन एजुकेशन सेमिनार गर्ने

इटहरी / एक्सपर्ट एजुकेशन इटहरीको आयोजनामा इटहरीमा वृहत अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएकाे छ । २०७६ जेठ २० गते का दिन इटहरी स्थित होटल बरण्डाको सेमिनार हलमा बिहान ११ बजे देखि साझ ५ बजे सम्म साे सेमिनार संचालन हुने भएकाे हाे । अष्ट्रेलियन एजुकेशन सम्बन्धि सम्पुर्ण जानकरी दिने उदेश्यले साे सेमिनार आयोजना गर्न लागिएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका निर्देशक भबकृष्ण तिम्सिनाले बताएका छन् ।

सेमिनारमा आयोजक संस्थाका परामर्सदाता संगै चाल्स स्टर्ड युनिभरसिटि, भिक्टोरिया युनिभरसिटि, युनिभरसिटि अफ साउदन क्युनसलेण्ड , टोरेन्स युनिभरसिटि, फिलिण्डर इन्टरनेशनल स्टडि सेन्टर, एजुकेशन सेन्टर अष्ट्रेलिया, साउदन क्रस युनिभरसिटि, होम्स इन्टिच्युट, कप्लान विजनेश स्कुल, ब्राइटन कलेज , फेडरेसन युनिभरसिटि क्युनसलेण्ड इन्टरनेशनल विजनेश एकडेमि (क्यु आइ बिए), अष्ट्रेलिएन स्किल मेनेजमेन्ट कलेज प्रतिनिधिको समेत सहभागिता रहने जनाइएकाे छ ।

सेमिनारमा विद्यार्थीहरुले प्रत्यक्ष रुपमा युनिभरसिटी तथा कलेजका प्रतिनिधिहरु संग भेटि आफुले अध्ययन गर्न चाहेको विषय तथा सम्बन्धित शैक्षिक संस्थाको बारेमा विस्तृत जानकारी पाउने जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित