सावधान : बजारमा मन्द विष कार्वाइड हालेर पकाएका आँप आएको तथ्य फेला !

काठमाडौं / बण्ढ्दो गर्मीसँगै तराइको जन जिवन कष्ठकर भएको छ । गर्मीको मौसममा आँप धेरैको लागि मनपर्ने फल पनि हो । यो बिचमा मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप रौतहट सहित तराईका स्थानिय बजारमा खुल्याम रुपमा बिक्रि वितरण भइरहेको पाइएको छ ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम ल्याउने गरिएको खुल्न आएको छ । यसरी विभिन्न बिषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खान नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अहिले चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा विक्रिका लागि बिषादी प्रयोग गरिएका आँप राखिएका छन् । तराईका जिल्लाहरुमा मात्रै नभई देश भरि नै भारतीय आँपको राम्रो प्रभाव रहेको छ । आँपमा बिषादी हालेर पकाइने गरेकोले विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ ।

चन्द्रपुर हस्पिटल प्रालीका प्रमुख डा. सुवास चौधरीले हनिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा बिभिन्न समस्या आउने उल्लेख गर्नुभयो । विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित