अचम्मको घटना : बिरामीको पेटबाट निकालियो ८ वटा चम्चा, २ स्क्रुड्राइभर, २ टुथब्रस र १ चक्कू !

काठमाडौं / हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । तपाईं हामी कतिले समाचार सुनेका छौं, डाक्टरको लापरबाहीले कोही बिरामीको पेटको अपरेशन गर्दा पेटभित्रै कहिले कैंची, त कहिले कपडाको टुक्रा छोडिएको हुन्छ । तर आज हामी त्यो भन्दा फरक सुनाउँन गइहरका छौं ।

भएको के भने बिरामीको पेटबाट ८ वटा चम्चा, २ वटा स्क्रुड्राइभर, २ वटा टुथब्रस र १ वटा चक्कू निकालिए पछि अहिले सबै आश्चर्यमा छन् । ढुक्क हुनुहोस् यो घटना नेपालको भने होईन् । यो घटना घटेको छ भारतको हिमालञ्चल प्रदेशमा जसले तपाईंलाई अचम्मित तुल्याउँछ ।

श्री लालबहादुर शास्त्री गभर्मेन्ट मेडिकल कलेज मन्डीका चिकित्सकले शनिबार ३५ वर्षीय एक बिरामीको पेटबाट ८ वटा चम्चा, २ वटा स्क्रुड्राइभर, २ वटा टुथब्रस र १ वटा चक्कू निकालेका हुन् । यी बिरामीको उपचारमा संलग्न डाक्टर निखिलले भने, ‘हामीलाई जब यस घटनाबारे थाहा भयो ।

त्यसपश्चात हाम्रो टिमले अकस्मात बिरामीको अपरेशन गर्यौ । अब अहिले उनको स्वास्थ्य स्थिति जोखिममुक्त छ ।’ उनका अनुसार उनी मानसिक रोगबाट ग्रसित बिरामी हुन् । उनले भने, ‘किनभने कोही पनि आम नागरिकले चम्चा र चक्कू खान सक्दैन । यो एकदम आश्चर्यजनक घटना हो ।’

उनले अगाडी थप्दै भने,‘अहिलेसम्म अपरेशनको समय कैंची वा कुनै अजार पेटमै रहेको घटना बाहिर आएको थियो तर यो घटना भने दुर्लभ खालको छ ।’ अचम्म मान्नु पर्ने यो पनि कुरा छ कि उनले कसरी यी सामान खाए होलान् ? जुन अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यो घटनाले विशव नै अहिले अच्चममा परेको छ । मानव इतिहासलाई चुनौती दिने यो घटना भएको छ । सामान्यतया कुनै मानिसले ८ वटा चम्चा, २ स्क्रुड्राइभर, २ टुथब्रस र १ चक्कू खाना सक्ने कुरा सामान्य होईन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित