विपन्न बिरामीलाई पन्ध्र लाख

रुकुम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले चालू आर्थिक वर्षमा प्राकृतिक प्रकोपपीडित र विपन्न बिरामीलाई रु १५ लाख वितरण गरेको छ । गाउँपालिकाको नीतिअनुसार चालू आवको अहिलेसम्ममा ७१ प्राकृतिक प्रकोपपीडित तथा ३८ विपन्न परिवारका बिरामीलाई उक्त रकम वितरण गरिएको हो ।

गत साउनदेखि हालसम्ममा बाढीपहिरो, आगलागी र चट्याङमा परेर मानवीय तथा सम्पत्ति क्षति भएका परिवारलाई रु सात लाख ३९ हजार र विभिन्न रोगका बिरामी तथा जोखिममा परेका बालबालिकालाई सो सहयोग गरिएको हो ।

प्रकोपपीडित तथा आर्थिक अभावका कारण उपचार गर्न नसक्ने र जोखिममा परेका बालबालिकालाई अध्ययनका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित