इटहरी स्थित डिभिएम स्कुलमा डोजर चलाईने मेयर चौधरीकाे चेतावनी

इटहरी । इटहरी–९ मा रहेको डिभिएम स्कुलले हडपेको सार्वजनिक जग्गा नछोडे पछि स्कुलमा डोजर चलाईने भएको छ । आईतबार पत्रकार सम्मेलन गरी इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले स्कुलको भौतिक संरचनामा डोजर चलाएर भत्काउने बताएका छन् ।

ऐलानी जग्गामा नीजि स्कुल सञ्चालन गदै आएको सञ्चालकहरुले उपमहानगरको निर्णय नमानेको भन्दै स्कुलमा डोजर चलाउँने मेयरको भनाई रहेकाे थियो । सोमबार आफै डोजर लिएर स्कुल भत्काउन जाने इटहरीका मेयर द्धारिकलाल चौधरीले चेतावनी समेत दिएका छन् ।

इटहरी उपमहानगरले ४ वटा विकल्प सहित हडपेको जग्गा छोड्न भने पनि नमाने पछि कठोर निर्णय लिन आफुहरु बाध्य भएको मेयर चौधरीले बताए । निमार्णधिन भौतिक संरचना भएको ठाउँको भाडा तिर्नु पर्ने,सट्टा पट्टा, स्कुलले बनेको संरचनाको रकम उपमहानगरबाट लिन सक्ने र छोडेर जान सक्ने सहितको विकल्प दिएको मेयर चौधरीले बताए ।

यता डिभिएम सञ्चालक समिति मध्येका धुब्र सुब्बाले भने आफुहरुले पनि किनेको जग्गामा स्कुल चलाउँदै आएको बताए । उपमहानगरपालिकाले अल्टिमेटम दिएको छ हामी के गर्ने भन्ने अलमलमा छौ उनले भने । आफुहरुले ६ कठ्ठा ५ धुर जग्गा नम्बरी भएको बताउँदै उनले लामो समय देखि भोगचलन र बेचविखान हुदै आएको जग्गा भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित