१०२ दिन वित्दा पनि खुलेन परीक्षा नियन्त्रकको कार्यकक्षमा लागेको ताला

बिर्तामोड / त्रिभुवन विश्व विद्यालय अन्तरगत क्षेत्रीय परीक्षा नियन्त्रणको कार्यकक्षमा विद्यार्थी संगठनले लगाएको ताला तीन महिना बित्दा समेत खुल्न सकेको छैन । जसका कारण कार्यलयको नियमित कामकाज प्रभावित भएको छ । कार्यालयको काम प्रभावित भएको यतिका समय बित्दा समेत तालावन्दी खुलाउने विषयमा कुनै पहल भएको छैन ।

मासिक ज्यालादारीमा कर्मचारी राख्ने बिषयमा असन्तुष्ट जनाउँदै तीन विद्यार्थी संगठनले गत वर्षको माघ २० गते परीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेका थिए । माघ २० गते अखिल कान्त्रिकारी र नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ समितिले तालाबन्दी गरेका थिए भने माघ २३ गते संघीय विद्यार्थी फोरमले पनि तालाबन्दी गरेको थियो । मासिक ज्यालादारीमा विभिन्न पदमा पाँच जना कर्मचारी राख्ने भन्दै क्षेत्रीय परीक्षा नियन्त्रणको कार्यालयले २०७० साउन ६ गते विज्ञापन प्रकासित गरेको थियो । तर, कार्यालयमा कार्यरत केही कर्मचारीहरुले विधि र प्रक्रिया नपु¥याई आफन्तलाई नियुक्त गर्न लागेको भन्दै विरोध जनाएपछि परीक्षा स्थगित भएको थियो ।

क्षेत्रीय परीक्षा नियन्त्रणको कार्यलयले विधि र प्रक्रिया नै नपु¥याई परीक्षा लिन लागेको भन्दै प्रतियोगी विद्यार्थी चन्द्रकला भट्टराईले विराटनगर उच्च अदालतमा मुद्धा दायर गरेकी थिइन् । सो मुद्धामा निवेदकको पक्षमा अदालतले मुद्धा फैसला गरेको थियो ।

त्यस यता क्षेत्रीय परीक्षा नियन्त्रणको कार्यालयले प्राध्यापक डा सोम खतिवडाको संयोजकत्वमा पदपूर्ति समिति गठन गर्दै प्रक्रिया अघि बढाइएको थियो । तर, क्षेत्रीय परीक्षा नियन्त्रणको कर्यालयले पुनः प्रक्रिया नपु¥याई परीक्षा लिन लागेको भन्दै संजीव साहाले उच्च अदालतमा मुद्धा दायर गरेका छन् । यता राष्ट्रिय विद्यार्थी संघका श्रीराम साह, अखिलका क्रान्तिकारीका टेकेन्द्र क्षेत्री, नेविसंघका विक्रम श्रेष्ठ, समाजवादी विद्यार्थी फोरम, नेपालका राकेश रोशन यादवले विज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रकको कार्याकक्षमा तालावन्दी गरेका थिए ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय परीक्षा नियन्त्रणको कार्यालयका पदाधिकारीले आ आफ्नो घर भित्रका व्यक्तिलाई नियुक्ति गर्ने उद्देश्य राखेर प्रक्रिया नपु¥याई त्रिवि सेवा आयोगलाई लत्याएको आरोप लगाइएको छ । त्रिवि नियम अनुसार लिखित र अन्तरवार्त नलिई खाली प्रयोगात्मक परीक्षा लिएर पलपूर्ती गर्न खोजिएकाले कर्मचारी नियुक्ति प्रक्रिया तत्काल स्थगित गरी निर्णय नसच्याएसम्म अनिश्चितकालका लागि क्षेत्रीय परीक्षा नियन्त्रकको कार्यकक्षामा लगाइएको ताल नखोल्ने जनाइएको छ ।

क्षेत्रीय परीक्षा नियन्त्रणको कार्यालयले भण्डारपाल १, लेखापाल १, कम्प्युटर अपरेटर २ र सवारी चालक एक गरी पाँच जनाको दरवन्दी खुलाएको थियो । जसका ४९ जनाले आवेदन दिएका थिए । यता क्षेत्रीय परीक्षा नियन्त्रकले आफू अनुकुलका कर्मचारी नियुक्त गर्न कार्यालयमा कार्यरत कर्मचारीलाई विना कारण सरुवा गरेको आरोप लागेको छ ।

विद्यार्थी संगठनले सहायक परीक्षा नियन्त्रक अर्जुन विक्रम खड्का, परीक्षा प्रमुख हरिप्रसाद दाहालकी श्रीमतीलाई फारम भराएर नियुक्त गर्न लागिएको आरोप लगाएका छन् । सहायक परीक्षा नियन्त्रक र परीक्षा प्रमुख दाहालकी श्रीमती नियुक्त गर्न पाँच वर्षपछि आफू अनुकुल नियुक्त गर्न दाहालकै श्रीमतीलाई मुद्धा हाल्न लगाइएको आरोप छ । उच्च अदालतमा परेको मुद्धा नियन्त्रक कार्यालयको नाममा र सह परीक्षा नियन्त्रकको नाममा उच्च अदालतबाट पत्र आएको बताइएको छ । तर, मुद्धामा पटक पटक वकिल राख्नु पर्छ भन्ने अदालतबाट जानकारी दिँदा समेत परीक्षा नियन्त्रक खड्काले वकिल नियुक्त नगरी मुद्धा हराइयो भनिएको छ ।

विद्यार्थी संगठनले कार्यालयकी सहायक कर्मचारी सरिता लुईटेललाई विना कसुर धरान सरुवा गरिएको र त्रिविमा अधिकृत स्तरलाई ३ वर्ष र सहायक स्तरलाई ५ वर्षमा मात्रै सरुवा गर्ने प्रावधान हुँदा हुँदै लुईटेललाई सरुवा गरिएको भनिएको छ । आफू अनुकुलका व्यक्ति भर्ना गर्न कर्मचारीलाई प्रावधान विपरित सुरुवा गरेपछि आफूहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तालावन्दी गरेको विद्यार्थी नेता राकेश रोशन यादवले जानकारी दिए ।

यता परीक्षा नियन्त्रक खड्काले भने विद्यार्थीसंग ताला खुलाउने विषयमा पहल गरिएपनि उनीहरुले नै चासो नदिएका कारण कार्यालयमा लागेको ताला खुल्न नसकेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित