यस्ताे रह्याे चाबहिल स्थित विनायक कलेजकाे २ दिने क्लाेज क्याम्प ( २२ तस्विरहरू सहित)

काठमाण्डौं / चाबहिल स्थित विनायक सिद्ध कलेजले २ दिने क्लाेज क्याम्पको आयोजना गरेकाे छ । कलेजले आफ्ना विद्यार्थीहरूको चौतर्फी विकास हाेस् भन्ने उदेश्यका साथ सिन्धुपाल्चोक स्थित नेशनल माउन्ट भ्यू रिसोर्टमा उक्त क्याम संचालन गरेकाे कलेजका प्रशासन प्रमुख नारायण बहादुर थापाले बताएका छन् ।

कार्यक्रममा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका हैबुङ्ग वडा नं. ३ का वडाध्यक्ष बसन्त गुरूङ्ग, न्यू लाइफ नेपालका अध्यक्ष राजन खनाल, ठकुरी संजाल समाजका अध्यक्ष एवं जोनी जेन्टल मेन चलचित्रका प्रोडुसर अजय मल्ल ठकुरी लगायतहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा बक्ताहरूले कलेजले बिद्यार्थीहरूकाे चौतर्फी विकासका लागि पठन पाठनसँगै यस किसिमको कृयाकलापहरू आगामी दिनहरूमा पनि संचालन हुनुपर्ने कुरामा जाेड दिएका थिए ।

क्याम्पमा बिद्यार्थीहरूलाई समूहमा बिभाजित गरि मनोरञ्जनात्मक खेलहरूसगैं विषयगत कार्यशाला, अन्तरक्रियाकलाप कार्यशाला, क्याम्प फायर लगायत बिद्यार्थीहरूले आफ्ना व्यक्तिगत रूपमा आफुले हासिल गरेको अनुभवहरू ब्यक्त गरेका थिए ।

क्याम्पकाे भोलीपल्ट विद्यार्थीहरूलाई विहानको नास्ता पश्चात रिसोर्ट नजिकै रहेको प्याराग्लाइडिङ्गमा भ्रमणको लागि लगिएको थियो । भ्रमण प्रश्चात विद्यार्थीहरूले तयार गर्नु पर्ने बिएसडब्लु प्रोजेक्ट रिपेर्टको लागि विषयगत शिक्षिका प्रतिमा भट्टले सबै बिद्यार्थीहरूलाई जानकारी गराइएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित