दमक अस्पतालमा पहिलो प्रसूति

एक साताअघि प्रसूति सेवा दिन शुरु गरेको झापाको दमक अस्पतालमा आज पहिलो पटक एक महिलाको प्रसूति गराइएको छ । कमल गाउँपालिका–७ निवासी निर्मला घिमिरेले आज सो अस्पतालमा सामान्य अवस्थामा नै छोरा जन्माएका हुन् । अस्पतालका प्रसूति रोग विषेशज्ञ डा सुरक्षा बाँस्कोटा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया विना नै तीन किलो ग्रामको बच्चा ‘डेलिभरी’ गराएका हुन् । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच अस्पतालको पहिलो सेवाबाट प्रसूति गराउने घिमिरेलाई दमक नगरपालिकाका उपप्रमुख गिता अधिकारीले व्यक्तिगत तर्पmबाट बच्चाको हेरचाह गर्न र सुत्केरीको स्याहारका लागि रु पाँच हजार उपलब्ध गराउनुभएको छ । उहाँलाई नगद उपलब्ध गराउँदै नगर उपप्रमुख अधिकारीले आगामी दिनमा नगरपालिका भित्रकालाई अस्पतालमा सुत्केरी गराउन आउँदा नगरपालिकाले निःशुुल्क रुपमा एम्बुलेन्स सेवासमेत उपलब्ध गराउने घोषणा गर्नुभयो ।

सबैलाई स्वास्थ्य संस्थामै आएर प्रसूति गराउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको उहाँले जानकारी दिनुभयो । तीन वर्षअघि २५ शै्याको जिल्ला अस्पतालका रुपमा सञ्चालनमा रहेको उक्त अस्पतालमा यही वैशाख २५ गतेदेखि प्रसूतिसहित फार्मेसी सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित