‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको राष्ट्रपति भण्डारीले गरिन प्रशंसा

जनकपुरधाम / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले जारी गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रशंसनीय रहेको बताउनुभयो । जानकी नवमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा पूजाअर्चना पश्चात सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश सरकारले शुरु गरेको बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रभावकारी रुपमा अघि बढेकोमा प्रशंसा गर्नुभएको छ । त्यस्तै अर्र्को प्रसंगमा उनले नेपालमा रहेको उर्वर भुमिमा आधुनिकी करण तथा व्यावसायीकरण गर्न आग्रह गर्नुभयो ।

त्यस्तै पर्यावरणलाई सन्तुलन गर्न चुरे क्षेत्रको संरक्षणको आवश्यकता रहेकोले त्यसको संरक्षणमा जुटन आग्रह गर्नुभयो । ‘विदेहका राजा जनकले कृषिकरण महायज्ञ आयोजन गर्दा सीताको जन्म भई विख्यात भएको यस भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले अहिले यहि भूमिमा कृषि क्षेत्रमा उत्पादनमा कमि आउनु दुखद रहेको बताउनुभयो । त्यस्तै उक्त कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रि रघुविर महासेठले तराई मधेशको विकास तथा धार्मिक सांस्कृतिक क्षेत्रहरुको संरक्षणको आवश्यकता रहेकोले नेपाल सरकार यसप्रती गम्भिर रहेको बताउनुभयो । नेपालको धार्मिक सांस्कृतिक जग्गाहरुको संरक्षण गर्न र अतिक्रमणबाट रोक्न नेपाल सरकारले उच्च स्तरिय समिति समेत गठन गरेको बताउनुभयो । अहिले सम्म सरकारको नजरबाट टाढा रहेको जानकी मन्दिर र यहाँको महोत्सवहरुलाई प्रदेश सरकारले अपनत्व गरिसकेको प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । प्राचिन भूमि जनकपुरधामको समग्र विकाश, हिन्दु धर्म र माता जानकी सँग जुडेको जनकपुरधामको सहित प्रदेश नं. २ को विकासलाई मध्यनजर गर्दै जनकपुरधामको जानकी मन्दिरलाई केन्द्रको रुपमा लिएर प्रदेश सरकारले काम अगाडी बढाएको बताउनुभयो ।

राष्ट्रपती भण्डारीलाई आजको समारोहमा जानकी मन्दिर व्यवस्थापन पक्ष, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले सम्मानसहित मायाको चिनो समेत प्रदान गरेको छ । यस भन्दा पहिले मधेश आन्दोलनको क्रममा विवाह पञ्चमीको समयमा आउनुभएको राष्ट्रपतिलाई ठुलो विरोधको सामना गर्नुपरेको थियो ।मुख्यमन्त्री लालबाबु राउतले धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

जानकी नवमीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले राष्ट्यि विभूति समेत रहनु भएकी माता जानकीको जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने भएपनि संघीय सरकारले विदा नदिएपछि प्रदेश सरकारले विदा दिएर प्रादेशिक पर्वको रुपमा अघि सारेको उल्लेख गर्नु भयो ।माता सिताको जन्म प्रसंग बारे उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्रेता युगमा राजा जनकले प्रजाहरुको हितको लागि हलो समेत चलाउनु भएको उहाँको ती महान कार्यबाट आजको राजनेताहरुले प्रेरणा लिनु पर्ने बताउनु भयो । मुख्यमन्त्री राउतले प्रदेश नं. २को विकासको मुल आधार रहेको धार्मिक पर्यटनको विकासको लागि प्रदेश सरकारले प्रदेश भित्रका धार्मिक महत्वका सबै मठ मन्दिरको संरक्षण सम्बद्र्धनमा आगाडी बढेको उल्लेख गर्नु भयो ।उहाँले यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने गरि जानकी मन्दिर सौन्दर्यीकरणको काम शुरु भएको र अगामी आर्थिक वर्षमा प्रदेश भित्रका अन्य धार्मिक स्थलहरुको सौन्दर्यीकरणको काम शुरु गरिने जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित