सबै विद्यार्थी शिक्षाको पहुँचमा ल्याउन शिक्षा मन्त्री पोखरेलको निर्देशन

इनरुवा । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सबै विद्यार्थी लाई शिक्षाको पहुँचमा ल्याउन निर्देशन दिएका छन् । आइतबार सुनसरीको रामधुनी नगरपालिकामा आयोजित एक कार्यक्रम लाई सम्बोधन गर्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री पोखरेलले बिद्यालय अभियान लाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

सबैलाई समेट्ने गरी अभियान संचालन गर्दै विद्यार्थी शिक्षा बिद्यालय शिक्षाको पहुँचमा ल्याउन स्थानीय तहहरुसंग समन्वय गर्न मन्त्री पोखरेलले सम्बन्धित निकायलाई निर्देशन दिए । फरक प्रसङ्गमा बोल्दै शिक्षा मन्त्री पोखरेलले १ वर्ष पढेर ३ घण्टा परिक्षा दिने शिक्षा निति अब अन्त्य हुने बताए । संसदमा प्रस्तावित नयाँ शिक्षा विधेयक पारित भएपछि नेपालको शिक्षा नितिमा फेरबदल हुने मन्त्री पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित