इटहरीमा अनौठो घटना : जहाँ ब्रा चोरी भएर महिलाहरु आजित छन्

इटहरी/ इटहरीमा बिगत दुई महिनादेखि लगातार एउटा अनौठो चोरीको घटनाले महिलाहरु आजित बनेका छन् । इटहरी ४ स्थित सिसिर टोलमा महिला तथा युवतीहरुको भित्री बहिरन ब्रा सुकाएकै ठाँउबाट चोरी हुन थालेपछि स्थानिय महिलाहरु आजित बनेका हुन । टोलका महिला तथा युवतीहरुले धोएर सुकाएका ब्रा दिन र रातमै गायब हुन थालेको स्थानिय महिलाहरु बताउछन् ।

दिनमै पनि कतिपय युवतीका ब्राण्डेड ब्रा चोरी भएको स्थानिय महिला रोजिता दासले बताईन । ‘धोएर धारा वा कल आसपास सुकाएकै ठाँउबाट धेरै दिदी बहिनीहरुको ब्रा चोरी भएको छ’ उनले भनिन् ‘यो श्रृंखला बिगत दुई महिनादेखि चलिरहेको छ’ । भोजपुबाट कोठा भाडा लिएर बसेका दुईजना बहिनीहरुको ४ जोर ब्रा चोरी भएको अबस्था छ । ‘हामी आफै आश्चर्यमा छौ, ब्रा कसले र किन चोर्यो ? भनेर’ । उनले भनिन् ‘ब्रा छानेर चोरी भएको छ पुरानो र च्यातिएका सुकाएकै ठाँउमा रहन्छन, नयाँ भने गायब हुन्छन्’ ।

दासका अनुसार केही दिनअघि भने दुईवटा घरमा झ्यालबाट रड प्रयोग गरेर मोबाइल, कपडामा भएको नगद र कपडा समेत चोरी भएको उनले बताईन । टोलको जनक कार्कीको दुई तला माथिको कोठाबाट सोमबार राती मोबाइल, नगद र कपडा चोरी भएको र सोही रात एक कोठाबाट पनि नगद चोरी भएको थियो । यो घटना हुनु अगावैदेखि ब्रा चोरीले महिलाहरु आजित थिए । तर अहिले झ्यालबाट रड छिराएर चोरी हुन थालेको स्थानिय महिला सिमा न्यौपानेले बताईन ।

न्यौपानले चोरीका घटना बढेको प्रति चिन्ता व्यक्त गदै टोल समितिको पहलमा प्रहरी कार्यालय जाने तयारी भएको बताईन । ‘महिला दिदी बहिनीहरुको भित्री बस्त्र हराएको त लामो समय भयो, प्रहरीलाई भन्न पनि अलि अफ्ट्यारो हुने’ तर अहिले चोरीको रुप बढ्न थालेको न्यौपानेको भनाई छ । ससिर टोलमै रहेको पाथिभरा पोलिटेक्निक इन्स्टिच्युट अगाडीबाट पनि चोरी भएको र त्यसको सिसिटिभी फुटेजको आधारमा दुईजना युवाको समुह देखिएको ति महिलाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित