पोली क्लिनिकमा नवजात शिशुलाई छोडेर दुई हप्तादेखि बाबु आमा बेपत्ता

लहान । सिरहाको लहान नगरपालिका स्थित एक पोलीक्लिनिकमा नवजात शिशुलाई छोडेर बाबु आमा गायब भएका छन् । लहानको लिला मदन प्रसुती पोली क्लिनिकमा उदयपुरको कटारी ठेगाना भएका सम्झना राई र उनका श्रीमान ३२ वर्षिय विकास राईले बच्चा छाडेर गायब भएका छन् ।

पोलीक्लिनिकको रेकर्डमा उदयपुर कटारी घर भएको उनीहरुले बच्चा छोडेर गायव भएका छन् । गत वैशाख १० गते भर्ना भएकी सम्झना राईले भोली पल्ट छोरी जन्माएकी थिइन् । बच्चा जन्मेको दिन बिहान विकास राईले एटीमबाट पैसा निकाल्छु भनेर बाहिर निस्के लगतै छोरीलाई एक्लै छाडेर आमा पनि गायब भइन् । उनीहरुले पोली क्लिनिकमा दर्ता गराएको मोवाइल नम्बर समेत लाग्दैन् ।

बच्चाको दुई हप्ता पुग्न लाग्दासम्म बाबु आमाले लिन लिन आएको छैन् । नवजात शिशुको व्यवस्थापन पोली क्लिनिकले नै गरिरहेको छ । स्थानीय युवा समाज सेवी सरोज रायले बच्चालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भने कुरामा जोड दिएका छन । रायले भने, ‘सकेसम्म बच्चालाई बाबु आमा पत्ता लगाएर बुझाउने कोशिश गरिरहेको छु, नभए शिशुलाई आश्रय दिने संस्थालाई आग्रह गर्नेछु ।’ अबैध सम्बन्धबाट बच्चा जन्मेको हुन सक्ने डरले शिशु लिन नआएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित