बालक हत्याका दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

जनकपुरधाम / धनुषाको मिथिला नगरपालिका ढल्केवरमा बालक हत्याका अभियुक्तलाई कारवाहीको माग गर्दै विद्यार्थीहरूले शान्तिपुर्ण र्याली प्रदर्शन गरेका छन्।ढल्केवरस्थित आधा दर्जनभन्दा बढी निजी विद्यालयका विद्यार्थीहरूले बालक आर्यन साहको हत्यारालाई यथाशीघ्र पता लगाई कारवाहीको माग गर्दै शान्तिपुर्ण प्रदर्शन गरेका हुन्। नगरका विभिन्न भागको परिक्रमा गरेको सो र्यालीमा दर्जनौ विद्यार्थीहरूको सहभागिता रहेको थियो।

गत सोमबार साँझदेखि बेपत्ता रहेको स्थानीय शम्भु साहको अढाई वर्षीय छोरा आर्यन साहको हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव फेला परेको थियो। बालक वेपत्ता भए लगत्तै आफन्तले इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दर्ता गराएका थिए। मृतक बालकका बुवा वैदेशिक रोजगारीमा रहेका छन्। सो घटनाले घरपरिवारसहित गाउँ नै शोकमा डुबेको छ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित