त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिकाले आगामी जेष्ठबाट त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरक्षेत्र भित्रका सवै विद्यालयहरुमा यसै शैक्षिक वर्षबाट लागु हुने गरी त्रियुगा सभ्यता र विकास अभियान नामक स्थानीय पाठ्यक्र निर्माण गर्न लागिएको हो । त्रियुगा नगरपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले यसै वर्षबाट स्थानीय शिक्षा लागू गर्न लागिएको नगर प्रमुख बलदेव चौधरीले बताए । उनका अनुसार त्रियुगाको उत्पति, सभ्यता र विकास कहिलेदेखि भएको हो भन्ने एक्किन हुन नसकिरहेको अवस्थामा यसै विषयलाई आधार मानेर नयाँ स्थानीय पाठ्क्रम बनाउन लागिएको बताए ।

‘चुरे पहाड, भित्रि मधेस र महाभारत पहाड समेतको भौगोलिक धरातलमा अवस्थित यो नगरपालिका भित्र बिभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिको सामाजिक विविधता भएपनि विद्यालय तहमा लागु गने गरी निर्माण गर्र्न लागिएको हो ।’ नगर प्रमुख चौधरीले भने, ‘नयाँ पाठ्यक्रमले सवैको भावनालाई समेट्दै सामाजिक एकतामा अझ सुमधुर सम्बन्ध स्थापित गराउन सक्ने किसिमको बनाउन लागिएको हो ।’

स्थानीय स्तरमा आधारित विभन्न पक्षहरुको पहिचान दिन सक्ने गरी राम्रा राम्रा विषय वस्तुहरु समावेश गरेर राम्रो किताव तयार पार्न सकियो भने मात्रै त्यसबाट असल नागरिक तयार पार्न सकिने र असल नागरिकहरुबाट मात्रै आदर्श समाजको सिर्जनान गर्न सकिने नगर प्रमुख चौधरीले बताए । त्रियुगा नगर शिक्षा अधिकारी सिताराम कोईरालाले त्रियुगा नगरपालिकाको कार्यक्षेत्र भित्र रहेका ७७ वटै विद्यायहरुको कक्षा १ देखि ८ सम्म अर्थात आधरभूत तहसम्म लागु हुने गरी १०० पूर्णाङ्कको स्थानीय विषयवस्तु र स्थानीय आवश्यक्तामा आधारित नयाँ पाठ्क्रम तयार पारी आउँदो जेठ महिनाबाट लागु गर्ने गरी काम भईरहेको जानकारी दिए ।

नगर शिक्षा अधिकारी कोइरालाले राष्ट्रिय पाठ्क्रम प्रारुप २०६३ अनुसार स्थानीय आवश्यक्तामा आधारित विषयवस्तुहरु समावेश गरी यहााका कुनैपनि विद्यालयहरुले हालसम्म पाठ्यक्रम नवनाएको र त्यसको ठाउँमा अंग्रेजी भाषा, कम्प्यूटर शिक्षा जस्ता विषयहरु पढाउने गरिएकोले यो नयाँ पाठ्क्रम वनाउन लागिएको जानकारी दिए । शिक्षा क्षेत्रमा लामो समयसम्म काम गर्नु हुने भूपु र निवर्तमान ब्यक्तित्वहरु, नागरिक समाजका अगुवा, बुद्धिजिवि, बिभिन्न विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा विषय शिक्षकहरुसँग राय सुझाब सहित पाठ्यक्रम विद सानोठिमी भक्तपुरका महेन्द्र विस्टले स्थानीय पाठ्क्रम निर्माणको सहजिकरण गरिरहेका छन ।

नगर शिक्षा अधिकारी कोइरालाले स्थानीय पाठ्क्रममा भौगोलिक अवस्था, धार्मिक ऐतिहासिक स्थिति, स्थानीय कला साहित्य र संस्कुति, स्थानीय अर्थिक गतिविधि र श्रोतको पहिचान, स्थानयि विपद ब्यावस्थापन परिचय र सुरक्षाको उपाय तथा स्वास्थ्य र सरसफाई लगायतका सम्भावित विषय बस्तु सूचिकृत हुने छन् ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित