कोशी अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ अग्रवाललाई हृदयघात

माेरङ / कोशी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञका डा. विमल अग्रवाललाई हृदयघात भएको छ । अग्रवाल ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत थिए । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मंगलबार उपचारका लागि भर्ना भएका डा. अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उपाचारका क्रममा इसिजी गर्दा केही असहज देखिएपछि इलेक्ट्रो कार्डियोग्राम इको गरिएको थियो । इकोका क्रममा मुटुको एउटा धमनी अवरुद्ध रहेको देखिएको अग्रवालका निकटस्थ डा. रोशन पोखरेलले जानकारी दिए । कोसी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. पोखरेलेका अनुसार बुवाको एन्जियोग्राफीका लागि मंगलबार नोबेल जाने कुरा गरेका डा. अग्रवालले साथीभाइलाई समेत आफ्नो स्वास्थ्य समस्याका बारेमा जानकारी गराएका थिएनन् ।

बुवाको एन्जियोग्राफीका लागि भन्दै कोसी अस्पतालबाट समेत विदा लिएर बसेको अस्पतालले जनाएको छ । गएको एकमहिना यता डा. अग्रवाल साथीभाइसँग धेरे घुलमिल नगर्ने, पत्रपत्रिका पढेर टोलाइरहेको जस्तो देखिँदै आएको कोसी अस्पतालका अन्य चिकित्सकहरुले बताएका छन् ।

उपचारका क्रममा मंगलबाररातिबाटै अवस्था गम्भीर बनेपछि डा. अग्रवालका विषयमा भारतको मेदान्त अस्पतालका चिकित्सकहरुसँग पनि थप उपचारका लागि सल्लाह गरिएको थियो । नोबेल अस्पतालका अनुसार भेन्टिलेटरमा राखेर उपचार गराइरहेका डा. अग्रवालको बे्रनडेड भइसकेको छ । नोबेल अस्पतालमा हाल अग्रवालपरिवारसहित विराटनगरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु, विभिन्न समाजिक संस्थाका व्यक्तिहरु उपस्थित रहेका छन् ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित