तलब नपाएपछि जानकी मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित

जनकपुरधाम । लामो समय देखि तलब नपाएपछि जनकपुरधाम स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका कर्मचारीहरु आन्दोलित भएका छन् । पटक पटक कलेज संचालकलाई आफुहरुको विगत ४ वर्षको संचय कोष तथा बाँकी रहेका तलब उपलब्ध गराउन आग्रह गर्दापनि नमाने पछि आज शिक्षण अस्पताललाई विरोध स्वरुप बन्द गरेको कर्मचारी युनियनका अध्यक्ष उमेश यादवले बताउनुभयो ।

उनका अनुसार आफुहरुको तलब नदिएपनि पहिले हिसाब गरिदिन आग्रह गर्दा चेयरम्यानले लिखित प्रतिबद्धता जनाएपनि हिसाब नपाएको उहाँले बताउनुभयो । रमदैया भवाडीको शिक्षण अस्पताल बन्द गरेका कर्मचारीहरुले आफुहरुको माग पुरा नभए त्यसकै अर्को शाखा जनकपुरधाममा संचालित सिटी अस्पताललाई पनि बन्द गर्ने चेतावनी दिएका छन् । यस केहि महिना पहिला पनि डाक्टरहरुलाई आफुहरु तलब नपाएको भन्दै करिब एक घण्टा काउण्टरमा ताल्चा लगाएका थिए । त्यस हस्पिटलमा कार्यरत कर्मचारी तथा डाक्टरहरुको करार सकेपनि अहिले सम्म त्यसलाई नविकरण नगरिएको कर्मचारीहरुको भनाई रहेको छ ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित