कहिल्यै धन सम्पतिको कमी हुन नदिन यसो गर्नुहोस्

घरको वास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन्। वास्तु शास्त्रका अनुसार अनेक किसिमका रुख बिरुवा लगाउँदा घरको नकारारात्मक उर्जा हटाउनमा मद्दत मिल्दछ। वास्तु शास्त्रमा बोट बिरुवा लगाउने एउटा निश्चित दिशा हुने गर्दछ, यदि बोट बिरुवा सही दिशामा लगाउन सक्यो भने घरमा सुख शान्ति र समृद्धि भैरहन्छ । गलत दिशामा लगाइयो भने यसको ज्यादै ठूलो नोक्सान पनि हुन सक्छ।

मनी प्लान्टको बिरुवा घरको कुन दिशा मा लगाउने र कुन दिशामा नलगाउने आउनुस जानकारी लिनुस् । वास्तु शास्त्रका अनुसार घरमा मनी प्लान्टको बिरुवा उत्तर पूर्व दिशामा राख्नु हुदैन जसले गर्दा घरमा सम्पन्नता टाढा भाग्ने र घर परिवारमा सधै कलह झगडा भै रहने हुन्छ खटपट पैदा भइरहन्छ।

मनि प्लान्टको लहरलाई जमिन मा फैलाउनु भन्दा कुनै भित्ताको सहारा दिएर माथि अझै उभो चडाउनु पर्छ । यदि यसको लहरा जमिन मा फैलियो भने धन प्राप्ति हुनुको सत्तामा उल्टै पैसा सम्पतिको नोक्सान हुनेछ। मनी प्लान्ट लगाउने समय यो कुरामा ध्यान दिनुस कि कैले पनि यसको पता सुक्न नपाओस, समय समयमा पानी अवस्य हाल्नु पर्दछ। मनी प्लान्ट को बिरुवा घर को बाहिर भन्दा घर भित्र लगाउनु शुभ मानिन्छ। घरको भित्र मनी प्लांटको बिरुवा गमला अथवा काँचको बोतलमा लगाउन सकिन्छ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित