न्यूरो हस्पिटलमा आगलागि नियन्त्रणको पूर्व अभ्यास

हस्पिटल परिसर भित्र हुनसक्ने दुर्घटनाजन्य आगालागीका घटनालाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार न्यूरो हस्पिटलमा प्रयोगात्मक अभ्यास गरिएको छ । आगलागीको काल्पनिक अवस्था श्रृजना गरेर हस्पिटलको परिसर भित्र उद्धार र आगो नियन्त्रणको अभ्यास गरिएको हो । आपतकालीन अवस्थामा आइपर्न सक्ने जोखिमलाई न्युनिकरण गर्न अभ्यास गरिएको हो ।

अभ्यासमा न्यूरो हस्पिटलमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारी र हस्पिटलका विभिन्न बिभागका कर्मचारी सहभागी भएका थिए । अभ्यासको क्रममा फायर एक्स्टिङग्युसर प्रयोग गर्नेबारे पनि अभ्यास भएको छ । न्यूरो हस्पिटलको पार्किङ ग्राउणडको खाली भागमा आगलागीको काल्पिनिक अवस्था श्रृजना गरिएको थियो । त्यसअघि नै अस्पतालका चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको कुरा न्यूरो अस्पतालका प्रशासकिय अधिकृत तुलसी प्रसाद उप्रेतीले बताउनुभयो ।

दाउरा — कागजका टुक्रामा आगो लगाउने बित्तिकै हस्पिटलका कर्मचारीहरुले फायर एक्स्टिङग्युसरको प्रयोग गरि आगो निभाएका थिए । हस्पिटलमा हुनसक्ने दुर्घटना र आगलागीको जोखिमलाई तत्काल न्युनिकरण कसरी गर्ने भन्ने जानकारीका लागि पुर्नताजगि पूर्वअभ्यास गरिएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित