उपप्रधानमन्त्रीद्वारा नर्सिङ क्याम्पसकाे शिलान्यास

राजविराज । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र नर्सिङ क्याम्पस बन्ने भएको छ । संसदीय विकास कोष अन्तर्गतको रु ४ करोड रकमबाट बन्न लागेको सो नरसिंङ क्याम्पसको आइतबार शिलान्यास भएको छ । सप्तरीको संसदीय निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एक समारोहकाबीच नरसिङ क्याम्पसको शिलान्यास गरेका छन् । नर्सिङ क्याम्पसको शिलान्यास गर्दै उपप्रधानमन्त्री यादवले जिल्लामा सञ्चालित योजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

खुट्टा तान्ने राजनीतिको अन्त्यगरी विकास निर्माणको कार्यमा हाथ मिलाएर हिडन आग्रह समेत उनले गरेका छन । उनले भने ‘बिकासको राजनीति गर्ने संस्कार र संस्कृतिलाई अगाडी बढाऊ ।’सोही कार्याक्रममा बोल्दै प्रदेशसभा सदस्य मनिषकुमार सुमनले संसदीय विकास कोषको रकमबाट गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र नरसिंङ क्याम्पसन स्थापना गर्ने निर्णय भएकोमा उक्त क्याम्पसलाई रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गाभिएको भन्दै आश्चर्य प्रकट गरे । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादवले संसदीय विकास कोषअन्तर्गतको ४ करोड र थप ६ करोडसहित १० करोडको टेण्डर गरिएकोमा रु ७ करोड २५ लाखमा भवन निर्माणको सम्झौता भएको जानकारी दिए ।

एक वर्र्ष भित्र निर्माण सम्पन्न गर्ने तीन तल्ले कक्षाकोठा भवन निर्माणको जिम्मा जेइ जेभी कन्स्ट्रक्सनले पाएको जानकारी समेत नगरप्रमुख यादवले दिए । सोही कार्याक्रममा बोल्दै नेकपा सप्तरीका नेता महेश यादवले देशव्यापी रुपमै विकासको लहर वर्तमान संघीय सरकारले चलाएको भन्दै सोको फाइदा लिन जिल्लावासी अग्रसर हुनुपर्नेमा जोड दिए । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरीडेण्टेन्ट डा. चुमनलाल दासले सिटी स्क्यान मेसिन नहुँदा बिरामी अन्यत्र रेफर गर्नुपरेको भन्दै सिटी सक्यान मेसिनको आपूर्तिसँगै छाला, मनोचिकित्सक र नाक, कान, घाटीको विशेषज्ञ उपलब्ध गराउन मन्त्री यादवसँग माग गरे ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित